फिल्म फेयरमा ‘गली बोय’ को कब्जा, रणविर र आलिया उत्कृष्ट

भारतको आसाममा आयोजित ६५ औं फिल्म फेयर अवार्ड ‘गली बोय’ मए भएको छ । एक र्यापरको कथामा आधारित फिल्म ‘गली बोय’ बाट उत्कृष्ट नायकको अवार्ड रणविर सिंहले पाए भने उत्कृष्ट अभिनेत्री आलिया भट्ट भइन् ।

फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट सर्पोटिङ रोल, उत्कृष्ट म्युजिक एल्बम, उत्कृष्ट गीत, उत्कृष्ट स्क्रिनप्ले, उत्कृष्ट डायलगको विधामा पुरस्कृत भयो । क्रिटिक्सतर्फको पुरस्कारमा भने ‘आर्टिकल १५’को वर्चश्व रह्यो। ‘आर्टिकल १५ र ‘सोन चिरैया’ क्रिटिक्सतर्फको उत्कृष्ट फिल्मको पुरस्कार पाएका थिए। ‘आर्टिकल १५’ का अभिनेता आयुष्मान खुरानाले क्रिटिक्सतर्फको उत्कृष्ट अभिनेता लिडिङ रोलको पुरस्कार पाए ।



क्रिटिक्सतर्फको उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘साँढ कि आँखे’बाट भुमि पेडनेकर र तापसी पन्नुले पाइन् । उत्कृष्ट डेब्यु डायरेक्टर ‘उरी स् द सर्जिकल स्ट्राइक’का आदित्य धर भए भने बेस्ट डुब्यु एक्टर ‘मर्दको दर्द नही होता’ फिल्मबाट अभिमन्यु दसानीले पाए । बेस्ट डेब्यु एक्ट्रेस अनन्या पाण्डे, बेस्ट ओरजिनल स्टोरी आर्टिकल १५ बाट अनुभव सिन्हा र गौरव सोलंकीले पाएका थिए ।

सम्बन्धित समाचार