लव आजकल बक्स अफिसमा फ्लप हुने संकेत

अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खान अभिनित फिल्म लव आजकलले बक्स अफिसमा शानदार शुरुवातका बाबजुत बक्स अफिसमा डगमगाएको छ ।

रिलिजको पहिलो दिन १२ करोड ४० लाख कमाई गरेको लव आजकलले दोस्रो दिन शनिबार ८ करोड कमाई गरेको थियो भने आइतबार ८ करोड १० लाख कमाई गरेको छ । यसरी पहिलो विकइन्डमा लव आजकलले कुल २८ करोड ५१ लाख कमाई गर्दै औसत शुरुवात गरेको छ ।



अभिनेता कार्तिक आर्यनको क्यारियरकै सबै भन्दा उत्कृष्ट ओपनिंग गरेको लव आजकलले शनिबार र आइतबार कमाई बढ्न नसक्दा बक्स अफिसमा असफल हुने अनुमान शुरु भएको छ ।

यो फिल्मको लागत करिब ५५ करोड र प्रमोशन खर्च १० करोड गरि कुल ६५ करोडको लागतमा बनेकोले बक्स अफिसमा लागत उठाउन समेत फिल्मले संघर्ष गर्ने स्पष्ट देखिएको छ । आउने दिनमा कमाई बढ्न सकेन भने यो पक्का पनि फ्लप हुन्छ ।

सम्बन्धित समाचार