कोरोना भाइरसको त्रासबीच नेपालमा स्वाइन फ्लू फैलियो

निमोनिया गराउने नोबल कोरोना भाइरसको त्रास रहेकै बेला नेपालमा इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) अन्तरगत स्वाइन फ्लू र हङकङ फ्लूसमेत देखिन थालेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाका अनुसार  बिभिन्न जिल्लाहरूमा स्वाइन फ्लु र  हङकङ फ्लु देखिन थालेको हो ।

सिन्धुपाल्चोकमा फैलिएको रुघाखोकी ‘हङकङ फ्लु’ भएको र बाजुरामा ‘स्वाइन फ्लु’ र ‘इन्फ्लुएन्जा बी’ देखिएको उनले जानकारी दिइन् । गर्मी याम सुरु हुने समय र मनसुनपछि मौसमी रुघाखोकीको समस्या बढी देखिने गरेको छ ।



स्वाइन फ्लुसँग कोरोनाभाइरसको लक्षण मिल्दोजुल्दो हुने भएकाले थप त्रास फैलिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका सिनियर कन्सलटेन्ट चेस्ट फिजिसियन डा नवीनप्रकाश शाहले बताए । ‘अलि कडा खालको ज्वरो र रुघाखोकी भए आत्तिनु हुन्न, तत्काल चिकित्सकीय सुझाव लिनुपर्छ’ उनले भने, भनेर कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार