जन्मदिनमा सोनिकालाई पारशको चुम्वन, हिराको हार दिए उपहार !

भिजे एवं मोडल सोनिका रोकाया आइतबार जन्मदिन मनाएकी छिन् । बझाङमा जन्मिएकी सोनिकाले आफ्नो जन्मदिनको विशेष भिडियो युट्युबबाट सार्वजनिक गरेकी छिन् । उक्त भिडियोमा युर्वयुवराज पारश शाह हसिलोमा मुद्रामा देखिएका छन् ।

सोनिका र पारशले एकआपसमा चुम्बन गरेको क्लिप भिडियोमा देख्न पनि सकिन्छ । उक्त भिडियोमा पारशले सोनिकालाई हिराको हार गिफ्ट दिएका छन् । पारशले गिफ्ट दिनासाथ सोनिकाले उक्त हार गलामा लगाएकी थिइन् ।



केहि समयअघि पारशको जन्मदिनमा पोखरामा व्यस्त देखिएकी सोनिकाले टिकटकमा पारशसँगको भिडियो सार्वजनिक गरेकी थिइन् । पारशले समाजिक संजालमा बधाई नदिएपनि बर्थडे साँझमा सोनिकालाई अंगालेर किस गरेका थिए। हसिलो मुद्रामा बर्थडे पार्टीमा देखिएका पारश सोनिकाको हरेक गतिविधिमा रमाइरहेका थिए ।

सोनिकाले पनि पारशलाई विशेष महत्व दिएकी थिइन् । उनले पहिलो केकनै पारशलाई खुवाएकी थिइन् । केक काट्नु अघि भने सोनिकाले पारशलाई म्वाई खाएको सजिलै देख्न सकिन्छ ।

https://www.youtube.com/watch?time_continue=2&v=tprKsJpIKqA&feature=emb_logo

सम्बन्धित समाचार