कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार नाघ्यो

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । कोरोना फैलन शुरु भएको चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच पुगेको छ । चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको छ ।

मंगलबार मात्र एक सय ३२ जनाले ज्यान गुमाएका छन् । केही दिनदेखि ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि मङ्गलबार ज्यान गुमाउनेको सङ्ख्या फेरि बढेको हो । यस्तै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७५ हजार नाघेको छ ।



यसैबीच चीनको सेन्टर फर् डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनअनुसार सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा धेरै बिरामी तथा वृद्धवृद्धा रहेको देखाएको छ । अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ ।

अध्ययनमा धेरैजसो सङ्क्रमित मानिसमा मध्यमस्तरको सङ्क्रमण भएको पाइएको पनि बीबीसीले जनाएको छ । यस्तै कोरोना भाइरसलाई लिएर संयम रहन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ ।

सम्बन्धित समाचार