कामुक फोटो पठाएर इजरायली सेनाको फोन ह्याक

ह्याकरहरुले युवतीका कामुक फोटो पठाएर इजरायली सेनाका दर्जनौ सैनिकहरुको स्मार्टफोन ह्याक गरेका छन । इजरायली सेनाका प्रवक्ताका अनुसार सैनिकहरुलाई ह्याकरहरुले युवतीहरुको कामुक फोटो पठाएर एक एप्लिकेशन डाउनलोड गर्न उक्साएका थिए ।

यो ह्याकिंग हमास संगठनसँग जोडिएका मानिसहरुले गरेका हुन सक्ने आंकलन गरिएको छ । गाजामा नियन्त्रण रहेको चरमपन्थी गुट हमास र इजरायलबीच पहिलैदेखि शत्रुतापुर्ण सम्बन्ध छ । इजरायली सेनाका प्रवक्ता कर्नेल जोनाथन कार्निकसका अनुसार इजरायली सैनिकहरुको स्मार्टफोन ह्याक गर्ने यो तेस्रो र हालसम्मको सबैभन्दा जटिल प्रयास हो ।



उनीहरुले ह्याक गर्न सिकीरहेको देखिएको र आफ्नो क्षमतालाई बढाएको उनले बताए । कर्नेत कार्निकसका अनुसार ह्याकरहरुले धेरथोर हिब्रु बोल्ने र आफु प्रवासी भएको दाबी गर्ने युवतीहरुलाई आफ्नो ह्याकिंग आधार बनाएका थिए ।

सैनिकहरुसँगको मित्रतापछि ती युवतीहरुले केहि लिकंहरु पठाएका थिए र उनीहरुले यसबाट आफुहरुको फोटो पठाउने बताएका थिए । तर लिकंहरु भाइरस भएको र त्यसले स्मार्टफोनलाई ह्याक गरेको बताइएको छ ।

एकपटक यस लिंकमा क्लिक गरेपछि यो लिंकले ह्याकरहरुलाई स्मार्टफोनको डाटा, लोकेशन र फोटोहरुमा एक्सेस गर्न सक्ने बनाइदिन्थे ।

यतिमात्रै नभई ह्याकरहरुले यसबाट फोनलाई कन्ट्रोल गर्न पनि सक्दथे जसबाट उनिहरुले स्मार्टफोन यूजरको जानकारी बिनानै भिडियो र अडियो रेकर्ड पनि गरेको बीबीसीले जनाएको छ ।

सम्बन्धित समाचार