मध्यपूर्वमा पुग्यो कोरोना भाइरस, इरानमा २ जनाको ज्यान गयो

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण इरानमा दुई जनाको ज्यान गएको छ । इरानमा दुई जनाको ज्यान गएसँगै मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो । विहीबार तेहरानमा रहेका दुई जना कोरोना सङ्क्रमित वृद्धको ज्यान गएको समाचार संस्था अलजजिराले जनाएको छ ।

यसअघि एसियाको फिलिपिन्स, हङकङ, जापन र यूरोपको फ्रान्समा कोरोना सङ्क्रमितको ज्यान गएको थियो । चीनमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार २९ पुगेको छ भने ७५ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।



सम्बन्धित समाचार