फिल्म ८३ मा रणवीर र दीपिकाको गजबको केमेष्ट्री !

बलिवुडमा अहिलेका सर्वाधिक सफल अभिनेता रणवीर सिंह अहिले उनको नयाँ फिल्म ८३ का कारण चर्चामा रहेका छन् ।

भारतलाई पहिलो पटक क्रिकेट विश्वकप जिताउँदा कप्तान रहेका कपिल देवको जीवनीमा बनेको यो फिल्ममा रणवीर सिंहले कपिलदेवको भूमिका निभाएका छन् ।



फिल्मको पहिलो पोष्टर रिलिज गरिएको छ, जसमा रणवीर र दीपिकालाई फिचर्ड गरिएको छ । रियल जीवनका समेत पति पत्नी रणवीर र दीपिकाले यस फिल्ममा कपिल देव र उनकी पत्नी रोमी देवीको भूमिका निभाएका छन् ।

पोष्टरमा रणवीर र दीपिकाको गजबको केमेष्ट्री देखिएको छ । गत डिसेम्बरमा विवाह बन्धनमा बाधिएका दुवैको विवाहपछि सँगै काम गरेको पहिलो फिल्म हो ।

यस फिल्ममा दीपिकाको भूमिका सानो भएपनि निकै प्रभाशाली भूमिका रहेको बताइएको छ । दीपिकाले रोमी देवीको भूमिका सशक्त ढंगले निभाएको मिडियामा अहिले चर्चा रहेको छ ।

दीपिकाले ८३ मा आफ्नो भूमिका बारे भनेकी छन् – ‘खेलको इतिहासमा सबै भन्दा प्रतिष्ठित क्षण मध्ये एकमा बनेको यो फिल्मको छोटो तर महत्वपूर्ण हिस्सा बन्न पाउनु भाग्यको कुरा हो । एक पतिको पेशा र व्यक्तिगत आकांक्षाको सफलतामा एक पत्नीको कति अहम भूमिका हुन्छ भन्ने मैले मेरी आमालाई नजिकबाट हेरेकी छु र मेरो लागि ८३ सबै महिलाहरु प्रति समर्पित छ जसले पतिको सपनालाई आफ्नो सपनाभन्दा अगाडी राख्छन् ।’

८३ मा अन्तिम समयमा इन्ट्री गरेकी दीपिकाका बारेमा फिल्मका निर्देशक कबीर खान भन्छन्- ‘मैले हमेशा दीपिकालाई एक अभूतपूर्व अभिनेत्रीको रुपमा सोचेको छु । जब मैले रोमी देवीको भूमिकामा लिने अभिनेत्रीको बारेमा सोचेको थिए त्यति बेला नै मेरो दिमागमा दीपिकाको नाम थियो । रोमीसँग गजबको आकर्षक र सकारात्मक उर्जा छ, जसलाई दीपिकाले निकै पूर्णतासँग निभाएकी छन् । अझ रणवीरसँग उनको केमेष्ट्रीले कपिदेव र रोमी देवीको सम्बन्ध देखाउन झन् सहयोगी भएको छ ।’

सम्बन्धित समाचार