क्याप्सिकमभित्र भिटियो जिउँदो भ्यागुतो

क्यानाडामा एउटा जोडीको साथ केही दिन पहिले एउटा अचम्मको घटना घट्यो । यो जोडीले खाना बनाउनको लागि बजारबाट सब्जी खरिद गरेर लिएर आए । डिनर तयार गर्ने समयमा जब उनीहरूले किनेर ल्याएको क्याप्सिकमभित्र जीवित भ्यागुता भेटियो तब उनीहरूको होश उड्यो ।

क्युबेकका स्गुएने के निकोल गागन र गेरार्ड ब्लैकबर्नले ९ फेब्रुअरीको रातीको खाना बनाइरहेका थिए, त्यही समयमा उनीहरूले क्याप्सिकमभित्र जीवित भ्यागुतो भेटाएका थिए । यो घटनामा सबैभन्दा अचम्मको कुरा के थियो भने जब उनीहरूले क्याप्सिकम किनेर ल्याए तब त्यसमा कुनै किसिमको छिद्र थिएन, त्यसको बाबजुद पनि क्याप्सिकमभित्र भ्यागुता भेटिएको थियो ।



भ्यागुतालाई निकालेपछि यो जोडीले यसलाई एउटा अलग्गै जारमा राखे । तिनीहरु दुबैले पछि यो कुरा थाहा पाएर अचम्म परे कि वास्तवमा त्यो ग्रीन ट्री फ्राग थियो । यसपछि उनीहरूले सुपरमार्केटमा गुनासो गरे । अहिले भ्यागुता र क्याप्सिकम दुबैको ल्याबमा जाँच भैरहेको छ ।

ती जोडीले बताए कि उक्त जीवित भ्यागुता जुन क्याप्सिकमभित्र भेटिएको थियो, जसलाई उनीहरूले क्युबेकको कृषि, फिसरिज एण्ड फुड मन्त्रालयमा पठाएका छन् । यो कुरा सामाजिक सञ्जालमा भाइरल भयो र मानिसहरूले यसबारेमा आ–आफ्नो प्रतिक्रिया पनि दिन थाले ।

सामाजिक सञ्जालबाट यो कुरा बाहिरिएपछि कैयौं व्यक्तिहरूले क्याप्सिकम नखाने कसम खाएका थिए । एउटा सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो अनुभव शेयर गर्दै लेखेका छन् ‘जब म क्याप्सिकम काट्छु, मलाई अचम्मको डर लाग्छ ।’ त्यसैगरी अर्काले लेखेका छन्, ‘मलाई अब प्रत्येक फलभित्र कीरा देखिन्छ कि भनेर डर लाग्न थालेको छ ।’

सम्बन्धित समाचार