आयुष्मानको फिल्म दुबई र युएईमा प्रतिबन्ध !

बलिवुड अभिनेता आयुष्मान खुरानाको नयाँ फिल्म शुभ मंगला ज्यादा सावधान दुबई र युएईमा प्रतिबन्ध भएको छ । तेस्रो लिंगीको कथामा आधारित फिल्ममा आयुष्मान खुराना र जितेन्द्र कुमारले रोमान्स गरेका छन् । मिडिल इष्टमा ‘गे’ का कथामा बन्ने फिल्म नाच्ल्न्ने हुनाले यो फिल्मपनि स्वत प्रतिबन्धमा परेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यस फिल्मका निर्माताले आयुष्मान र जितेन्द्र कुमारबीचको किसिंग सिन हटाएर फिल्म चलाउन अनुरोध गरेपनि दुबई र युएईका अधिकारीहरुले फिल्मको किसिंग सिनको मात्र कुरा नभएर फिल्मको पुरै कन्टेन्टको विषयले प्रतिबन्धमा परेको जानकारी निर्माण पक्षलाई दिएका छन् ।



यस फिल्ममा अभिनेता आयुष्मान खुराना र अर्का अभिनेता जितेन्द्र कुमारले गरेको अनस्क्रिन किस सिनलाई भारतीय सेन्सर बोर्डले पास गरेको छ । सो सिङ फिल्मको ट्रेलरमा मात्र होइन फिल्ममा समेत राखिएको निर्माताहरुले बताएका छन् ।

तेस्रो लिंगीको कथामा आधारित फिल्म शुभ मंगल ज्यादा सावधानमा रहेको सो किसिंग सिनप्रति भारतीय सेन्सर बोर्डले कुनै आपत्ति जनाएन । सेन्सर बोर्डले यस फिल्मलाई एक प्रेम कथाको रुपमा मात्र हेरेकोले सो सिनमा आपत्ति नजनाएको बताइएको छ ।

२०१७ मा रिलिज भएको आयुष्मानको फिल्म शुभ मंगल सावधानको सिक्वेल यस फिल्मले सामाजिक संदेश दिएको बताइएको छ । होमोसेक्सुवल कथामा बनेको यो फिल्मले एउटै लिंगकालाई कानुनले स्वीकारे पनि समाजले नस्विकारे देखाउन खोजिएको छ ।

फिल्ममा आयुष्मान र जितेन्द्रले शाहरुख खान र काजोलको फिल्म दिल वाले दुल्हनिया ले जाएंगेको आइकनिक सिनलाई समेत रीक्रिएट गरेका छन् । फेब्रुअरी २१ मा रिलिज हुने यो फिल्ममा आयुष्मान र जितेन्द्रका अलावा गजराज राव, नीना गुप्ता, सुनीता राजवार जस्ता कलाकारएल अभिनय गरेका छन् । फिल्मलाई हितेश केवल्याले निर्देशन गरेका छन् भने टी-सिरिज, आनन्द एल रायले निर्माण गरेका हुन् ।

सम्बन्धित समाचार