आफ्नो नम्बर माग्ने अभिनेतालाई सनीले पतिको नम्बर दिएपछि…

बलिवुड अभिनेत्री सनी लियोनी कुनै पनि सार्वजनिक कार्यक्रममा जाँदा सबैको नजर उनी माथि नै हुने गर्दछ । सधै मुस्कुराई रहने सनीको सुन्दरताको सबै कायल रहेका छन् । यसैबीच हालै बलिवुडका चर्चित फोटोग्राफर डब्बु रतनानीको क्यालेन्डर लन्चमा पुगेकी सनीसँग रोचक घटना हुनपुग्यो जसको चर्चा अहिले बलिवुडमा र सामाजिक संजालमा निकै चलिरहेको छ ।

स्पट ब्वायका अनुसार क्यालेन्डर लन्च कार्यक्रममा सनीको भेट चर्चित अभिनेता कबीर बेदीसँग भयो । कुरै कुरामा कबीरले सनी लियोनीको निजी फोन नम्बर मागे । तर सनीले भने आफ्नो नम्बरको सट्टा आफ्ना पति डेनियल बेबरको नम्बर दिईन । अहिले यस प्रसंगलाई मजाकको रुपमा चर्चा भैरहेको छ ।



निजी जीवनका कारण सधै चर्चामा आइरहने कबीर बेदी अहिले ७४ बर्षका भए । उनले अहिलेसम्म चार विवाह गरेका छन् । उनकी अहिलेकी श्रीमती परवीन दुसांज उनीभन्दा करिब २९ बर्ष कम उमेरकी छन् । कबीरले आफ्नो ७० औ जन्मदिनका दिन २०१६ मा परवीनसँग विवाह गरेका थिए । टिभी अभिनेत्री समेत रहेकी परविन विवाहअघि कैयौ बर्षसम्म कबीरसँग सँगै लिव इन रिलेसनमा बसेकी थिइन् ।

यस पटक फोटोग्राफर डब्बुको क्यालेन्डर लन्चमा बलिवुड सेलिब्रेटी सनी, कबीर बेदीका अलावा भुमी पेडनेकर, सैफअली खान, विद्या बालन, जान आब्राहम, विक्की कौशल, टाइगर सराफ, अनन्या पाण्डे जस्ता सेलिब्रेटी पुगेका थिए ।

सम्बन्धित समाचार