रोनाल्डोको एक हजारौ खेलमा युभेन्टस विजयी

इटालियन सिरी ए मा युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले स्पालमाथि २(१ गोल अन्तरको जित हासिल गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र एरोन रामसीले एक एक गोल गरेका थिए । त्यस्तै स्पालका लागि एक गोल आन्द्रे पेटागनाले पेनाल्टीबाट गरेका थिए ।



यस खेलमा खेलेसँगै रोनाल्डोले आफ्नो क्यारियरको एक हजारौ खेल खेलेका छन् । क्लब क्यारियर र पोर्चुगलका लागि रोनाल्डोले एक हजार खेल पुरा गरेका छन् । साथै यस खेलमा गरेको गोल रोनाल्डोको क्यारियरको ७२५ औ गोल हो ।

साथै सिरी ए को इतिहासमा लगातार ११ खेलमा गोल गर्दै रोनाल्डो यस्तो किर्तिमान बनाउने तेस्रो खेलाडी बनेका छन् । यस अघि सन् १९९४/९५ मा ओमार बटिसटुटा र सन् २०१८/१९ मा फाबिओ क्वागलीअरेलाले लगातार ११ खेलमा गोल गरेका थिए ।

यो जितपछि युभेन्टस २५ खेलमा ६० अंकसहित शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको इन्टर मिलानभन्दा ४ अंकले अगाडी छ । त्यस्तै स्पाल भने २५ खेलमा १५ अंकसहित लिगमा पुछारमा रहेको छ ।

सम्बन्धित समाचार