गत साता मात्र साइन गरका मार्टिन ब्रेथवेटले बार्सिलोनाकालागि डेभ्यु खेल खेलेका छन् । गएराती इबरविरुद्धको खेलमा ब्रेथवेट खेलको ७२औ मिनेटमा एन्टोनी ग्रीजम्यानलाई रिप्लेस गर्दै मैदानमा प्रवेश गरेका थिए ।
बार्सिलोनाले यो खेल ५-० गोल अन्तरले जित्यो जसमा लियोनेल मेसीले ४ गोल गरे भने एक गोल अर्थरले गरे ।
बार्सिलोनामा डेभ्यु खेल खेलेपछि ब्रेथवेटले खेलका क्रममा ‘मेसीले हग’ गरेको प्रसंग बताउदै आफुले यो जर्सी कहिल्लै नधुने बताएका छन् ।
बार्सिलोनाका दुई स्टार खेलाडी लुइस स्वरेज र उसमान डेम्बेले घाइते भएपछि बार्सिलोनाले ब्रेथवेटलाई भित्र्याएको थियो ।
उनले खेलपछि आफ्नो प्रतिक्रिया दिदै भने – ‘एकसाता अफ्ही मैले बार्सिलोनाबाट खेल्ने कल्पना समेत गरेको थिइन् । अहिले म बार्सिलोनाबाट खेल्दै छु । मेसीको ‘हग’ पाए, मैले अब यो जर्सी धुने छैन ।’
उनले अगाडी भने – ‘मलाई मेसीले बधाई दिए र मलाई आफ्नो पहिलो खेलमा सजिलो बनाई दिए ।’ ब्रेथवेटले ठुलो क्लबमा आएर डेभ्यु गर्दाको क्षण नै विशेष हुने भन्दै फ्यानहरुको स्वागत आफुलाई अविस्वसनीय लागेको बताए ।
ब्रेथवेट ला लिगा कै अर्को क्लब लिगानेजबाट गत साता बार्सिलोना आएका हुन् ।