कियारा आडवाणीको टपलेश फोटोशूट फ्यानलाई मन परेन

बलिउड अभिनेत्री कियारा आडवाणीले हालै एक तस्वीर शेयर गरिन् । उनको टपलेश फोटोले सामाजिक सञ्जालमा धमाका मच्चाएको छ । तस्वीरमा कियारा टपलेश भएर एक पातले छोपिएको देख्न सकिन्छ । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कैयनलाई कियाराको यो अवतार मन प-यो भने कतिलाई मन परेन ।

कियाराको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा कैयन् मिम बनेका छन् । कियारालाई कतिले फिल्म ‘कबीर सिंह’ स्टाइलले तस्वीर सोधेका छन् ।



‘कबीर सिंह’ मा कियारा एक सोझी युवतीको भूमिकामा थिइन् । कतिले कियाराको तस्वीरमा कपडा लगाइदिएका छन् भने कतिले त ‘अवतार’ फिल्मकी नायिकाजस्तो बनाइदिएका छन् ।

https://www.instagram.com/p/B8tb_w5HCtW/?utm_source=ig_embed

 

उनको यो तस्वीरले बलिउडमा मात्र नभएर नेपालमा पनि चर्चा कमाएको छ ।

सम्बन्धित समाचार