९८ र १०१ वर्षका दिदि-बहिनी जब ४७ वर्ष पछि भेटिए

वर्षौ पहिले बिछोड भएका कम्बोडियाका दुई बहिनीहरू ४७ वर्षपछि फेरि भेट भएको छन् । अहिले बहिनीको उमेर ९८ भएको छ भने दिदीको १०१ वर्ष पुगेको छ । गत हप्ता ४७ वर्ष पछि उनीहरुको पुनर्मिलन भएका हो । दुवैले एक अर्कालाई पहिले १९७३ मा देखेका थिए । ती दुई बहिनीहरूले एक अर्कालाई यो सोच्थे कि उनीहरूमध्ये एक मरेको हुनुपर्छ ।

कम्बोडियामा १९७० को दशकमा खमेर रुज सत्तामा थियो । यसका कारण ठूलो संख्यामा मानिसहरू अलग भए । तानाशाह पॉल पोट र उसको सेनाले १९७५ मा कम्बोडिया कब्जा गरे । १९७६ मा पॉल पट नयाँ कम्युनिष्ट सरकारको प्रधानमन्त्री बने । पटको कार्यकाल खमेर रुजको रूपमा परिचित थियो । उनी १९७९ सम्म सत्तामा थिए । यस अवधिमा करीव २० लाख मानिस प्रभावित भएको बताइएको छ ।



स्थानीय एनजीओ चिल्ड्रेन्स फन्डले २००४ मा बेनमा सामेल हुन पहल गर्यो । यस पछि, एनजीओले गत हप्ता एउटा गाउँमा बेनको दाइ र दिदीलाई भेट्टायो । लगभग आधा शताब्दी पछि ती दुई बहिनीहरूको मिलन सफल भयो । बेनले भन्यो, ‘मैले धेरै पहिले आफ्नो घर छाडे । त्यस पछि म फेरि यो हेर्न फेरि आउन सकेनन् । म मेरो ठूलो बहिनी भेट्न पाउँदा धेरै खुसी छु । जब मेरो भाइले वर्षौंपछि मेरो हात छोयो, म रोएँ ।’

विश्वका धेरै देशहरुमा यस खालको समस्या देखिएको छ । जहाँ दुई देशका बीचमा तनाब हुन्छ त्यो देशमा यस्ता समस्याहरु देखिने गर्छ । भारत र पाकिस्तानबीच पनि कश्मिरमा यस खालको समस्या देखिएको छ । दक्षिण कोरिया र उत्तर कोरियामा पनि परिवार विछोड भएको कुरा समयसमयमा बाहिर आउँने गर्दछ । यस्ता समस्याहरुले विश्वमा नयाँ शरणार्थी जन्माइरहेको धेरैको बुझाई रहेको छ ।

सम्बन्धित समाचार