भारत न्युजील्याण्डविरुद्धको टेस्टमा पराजित भएको छ । टेस्टको चौथो दिन भारतले न्युजील्याण्डलाई दिएको ९ रनको लक्ष्य न्युजील्याण्डले कुनै विकेट नगुमाई पुरा गरेपछि न्युजील्याण्ड १० विकेटले विजयी भएको हो ।
यस अघि भारत पहिलो इनिंगमा १६५ र दोस्रो इनिंगमा १९१ रनमा अल आउट भएको थियो । न्युजील्याण्डले भने पहिलो इनिंगमा ३४८ रन बनाउदै पहिलो इनिंगमा नै भारतमाथि १८३ रनको अग्रता लिएको थियो ।
यस खेलको दोस्रो इनिंगमा न्युजील्याण्डका बलर टिम साउथीले ५ विकेट लिए भने ट्रेन्ट बोल्टले ४ विकेट लिए । साउथीले पहिलो इनिंगमा ४ विकेट लिएका थिए ।
साथै यस खेलका दुवै इनिंगमा भारतले २०० रन पनि बनाउन सकेन । भारतको टेस्ट क्रिकेटमा सन् २००२ पछिको कमजोर प्रदर्शन हो । यो जितपछि दुई टेस्टको सिरिजमा न्युजील्याण्ड १(० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो टेस्ट फेब्रुअरी २९ मा शुरु हुने छ ।