नेपाली औषधि बजारमा पनि कोरोनाको असर

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को असर नेपाली औषधि बजारमा समेत देखिन थालेको छ । नेपालले सबैभन्दा धेरै भारत र चीनबाट औषधि कच्चा पदार्थको आयात गर्दै आएको नेपाल औषधि उत्पादक संघले जनाएको छ ।

संघका अनुसार चीनबाट २५ प्रतिशत, भारतबाट ७० प्रतिशत र अन्य देशहरुबाट ५ प्रतिशत नेपालमा उत्पादन हुने औषधिको कच्चा पदार्थ आयात हुने गरेको छ । संघका उपाध्यक्ष सन्तोषराज बरालले नेपालमा चीनबाट २५ प्रतिशत र ७० प्रतिशत र युरोपियन देशहरु अमेरिका, अष्ट्रेलिया आदिबाट ५ प्रतिशत औषधिको कच्चापदार्थ आयात हुने गरेको बताए । भारतले ८० प्रतिशत औषधि उत्पादन गर्ने कच्चापर्दाथ चीनबाट आयात गर्ने गरेको छ । उनले भने, ‘चीन र भारतबाट आउने कच्चा पदार्थमा ६० देखि १ सय प्रतिशतसम्म मूल्यवृद्धि भएको देखिएको छ ।’ उनका अनुसार कोरोनाको असर कति लामो समयसम्म पर्ने हो, त्यसमा भरपर्छ । हाल नेपालमा उत्पादन हुने औषधिका लागि आवश्यक पर्ने कच्चा पदार्थ तीन महिनालाई पुग्‍ने गरी भण्डारण गरेर राखिएको बताए । हाल चीनले औषधिको कच्चा पर्दाथको अर्डर लिन मानेको छैन् । अहिले नै औषधिको मुल्य बढ्ने जस्तो देखिदैन्, तर तीन महिनासम्ममा पनि औषधिको कच्चा पदार्थ आयात नभए नेपाली बजारमा औषधि मूल्य बढ्ने र अभाव समेत हुने उनले बताए ।



उनले भने, ‘औषधिको कच्चा पदार्थको मूल्य बढ्‍ने विषयमा औषधी व्यवस्था विभागमासमेत छलफल गरिएको छ ।’ औषधि बनाउन आवश्यक पर्ने सहायक कच्चा पदार्थहरुमा पनि हाल २० प्रतिशतदेखि २ सय प्रतिशत मूल्य बढेको संघले जनाएको छ । तर सरकारले ९६ प्रकारका औषधिको मूल्य तोकेको छ । कोरोनाको असर लामो समयसम्म रहे औषधि र कच्चा पदार्थ दुवै अभाव हुनसक्ने औषधि विज्ञहरु बताउँछन् । औषधि व्यवस्था विभागले भने कच्चा पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा औषधी अभाव नरहेको जनाएको छ ।

विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले औषधि व्यायवसायी र उद्योगीहरुसँग छलफल भइरहेको बताए । केही दिनअघि औषधि उद्योगी र व्यावसायीकहरुसँग छलफलमा तीन महिना पुग्ने नेपालमा उत्पादन हुने औषधिको कच्चापदार्थ रहेको बताएका छन् ।  उनले भने, ‘पछिल्लो चीनको घटनाक्रम हेर्दा दुई सातासम्म त्यहाँका औषधि उद्योगहरु नखुलेमा पुनः विचार गरिने छ ।’ हाल कच्चा पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा औषधी अभाव नरहेको उनले जानकारी दिए । नेपालले वार्षिक ८ देखि १० अर्ब मूल्य बराबरको औषधिको कच्चा पदार्थ आयात गर्दै आएको छ ।

सरकारले केही साताअघि १३ प्रकारको तयारी औषधि आयात नगर्न सरकारले निर्देशन दिएको थियो । नेपालले वर्षेनी ८ देखि १० अर्ब मूल्य बराबरको औषधिको कच्चा पदार्थ आयात गर्दै आएको छ । नेपाली बजारमा ४५ अर्ब मूल्य बराबरको औषधि खपत हुन्छ । नेपाल ४५ प्रतिशत औषधिमा आत्मनिर्भरको बताइएको छ ।

त्यस्तै, भारतले औषधिको निर्माणमा प्रयोग गर्ने ७० प्रतिशत कच्चा पदार्थहरु चीनबाट आयात गर्ने गरेको छ सस्तोमा कोरोनाको इपिसेन्टर हुबेइ प्रदेश सबैभन्दा मुख्य उत्पादन केन्द्र भएको हुँदा झन ठूलो समस्या हुने अनुमान गरिएको छ । कोरोनाको केन्द्र बिन्दु हुबेइ प्रदेश सबैभन्दा मुख्य उत्पादन केन्द्र भएको हुँदा झन ठूलो समस्या हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार