विक्की कौशलको भूत कति डरलाग्दो छ ?

आज भन्दा करिब १७ वर्ष पहिला रिलिज भएको राम गोपाल वर्माको भुत भारतीय चलचित्र रजतपटको अविस्मरणीय चलचित्रमा पर्दछ । त्यसैले वर्षौ पछि धर्मा जस्तो ठुलो प्रोडक्शन हाउस र विकी कौशल जस्तो कुशल कलाकरसंग उस्तै शिर्षकमा “भुत” लिएर दर्शक सामु आएका छन् । यसबाट दर्शकलाई सामान्य रुपमा नयाँ अनुभव हुने आशा हुन्छ तर पहिलो पटक निर्देशक बनेका भानु प्रताप सिंहले आफ्नो डेब्यू फिल्मको माध्यमबाट केही नयाँ प्रस्तुत गर्न सकेका छैनन् ।

ढुवानी अधिकारी पृथ्वी (विकी कौशल) आफ्नो व्यक्तिगत जीवनमा एक्लोपन र मानसिक चिन्ताबाट माथि उठ्ने प्रयास गर्दै हुन्छन् । तब उसलाई समुन्द्र किनारमा एक ठुलो जहाज कुनै क्रूज मेम्बर बिना आफै त्यहाँ पुगेको खबर आउछ । पृथ्वीका मालिकको रिटायरमेन्टको समय भएको हुन्छ र छिट्टै उक्त जहाजबाट छुटकारा पाउन चाहन्छन् ।



जब उनी त्यस जहाजको अनुसन्धान गर्दै हुन्छन् र अचानक पृथ्वीलाई जहाजमा अच्चम्मको अनुभव हुन्छ । सोहि समय पृथ्वीलाई डर लाग्छ, त्यस डरलाग्दो अनुभवले उनलाई घर गर्छ र सताउन थाल्छ । पृथ्वीले सी बर्ड नामको उक्त जहाज लामो समयदेखि हन्टेड भएको थाहा पाउँछन् ।

उसलाई जहाजमा कुनै आत्मा भएको अनुभव हुन्छ । उनी जब त्यस भुत भएको जहाजको अनुसन्धान गर्छन् तब थुप्रै रहस्य अगाडी आउँछ, जसले निकै डरलाग्दो सत्यलाई बाहिर ल्याउँछ । उक्त अनुसन्धानमा पृथ्वीलाई आफ्नो व्यक्तिगत जीवनको दुखद क्षण पनि सम्झना हुन्छ ।

निर्देशक भानु प्रताप सिंहको यस फिल्म वास्तविक घटनामा आधारित छ, वर्षौ पहिला एक विशाल पानीजहाज कुनै मानिस नभएको र समुन्द्र किनारमा तरिरहेको अवास्थामा भेटिएको थियो ।

चलचित्रको पहिलो डराउने झलक दर्शकलाई डरले चिच्याउन बाध्य बनाउँछ तर जब चलचित्र अगाडी बढ्दै जान्छ तब डरको वातावरणलाई कायम राख्न असफल हुन्छ ।

विकी कौशलको व्यक्तिगत जीवनको पक्षहरु आमिर खानको ‘तलाश’ को याद दिलाउँछ । चलचित्रको केही दृश्य खुब डरलाग्दो छ तर त्यसमा नवीनताको अभाव छ । छत र भित्तामा माउसुली जस्तै हिड्ने वोक्सी त सबैले पहिला नै देखिसकेका छन् । भुतको मेकअप डरलाग्दोको सट्टामा हाँसउठ्दो देखिएको छ । ब्याकग्राउन्ड संगीत पनि डरलाई बढाउन राम्रो सहयोग दिएको छ तर कमजोर स्क्रीन प्लेको कारण कतिपय दृश्य दोहोराएको अनुभव हुन्छ ।

हरर फिल्मलाई सशक्त बनाउनको लागि प्रयोग गरिएको कम्प्यूटर ग्राफिक्स पर्याप्त छैन । दोश्रो अध्यायमा कथा चकनाचूर भएर अल्मलिन्छ र क्लाईम्याक्समा ‘हिम क्लीम चामुणडाय’ मन्त्रको कारण यो टिपिकल हरर फिल्म बनेको छ । भुत भएको कारण पनि विश्वसनीय बन्न सक्दैन । फिल्मको अन्तिममा निर्देशकले भाग दुई बनाउने संकेत पनि दिएका छन्।

सम्बन्धित समाचार