के तपाईंलाई थाहा छ हाई किन आउँछ ?

सामान्यतयाः आममानिसहरुले हार्ई आउँदा निन्द्रा लागेको रुपमा बुझ्ने गर्छन् । तर, कहिलेकाहीँ अलि बढी नै हार्ई आउने समस्या हुन्छ । विशेषगरी गर्मी मौसममा मानिसले बढी हाई गरेको पाइन्छ ।

यसरी बढी हार्ई आउँदा कुनै–कुनै स्थानमा अस्वाभाविक पनि देखिन्छ, जसले मानिसलाई लज्जास्पद गराउँछ ।



यी हुन् हाई आउनुका कारण –

हाई फिजियोलोजिकल मेकानिजम हो । हाई आएको अवस्थामा त्यसलाई रोक्नु भने हुँदैन । मज्जाले नै गर्नुपर्छ । हाई हाम्रो मस्तिष्कको तापक्रमलाई नियन्त्रणमा राख्ने प्रक्रिया भएको पनि विभिन्न अनुसन्धानले देखाएका छन् । हाई गर्दा मस्तिष्कको तापक्रम घटाउने मात्र होइन, अनुहारका मांसपेशी पनि तन्काइदिन्छ ।

अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनमा प्रकाशित एक अनुसन्धानले भने हाई काढ्दा शरीरमा कमी भएको अक्सिजनलाई पनि पूर्ति गर्छ । हाईले मस्तिष्कलाई ऊर्जावान् पनि बनाउँछ । मस्तिष्कमा थकान बढी भएमा हाई काढ्ने समस्या सिर्जना हुन्छ ।

थकाइका कारण पनि हाई आउने हुन्छ । मान्छे सुत्यो तर गहिरो निद्रामा परेन भने पनि हाई दोहोरिरहन्छ । शरीरमा ग्लुकोजको मात्रा कमी वा बढी भएको अवस्थामा हाई आउने गर्छ । विशेषगरी ग्लुकोजको मात्रा बढी भएमा हाई आउने गर्छ । किनभने, ग्लुकोजको मात्रा बढी भएमा आन्द्रा र पेटवरिपरि बढी रक्तसञ्चार हुन्छ । तर, मस्तिष्कमा भने कम हुन्छ । त्यसैले हाई आउने समस्या हुन्छ ।

अपचको समस्या भएमा पनि बढी मात्रामा हाई आउने गर्छ । मानिस थाकेको वा मन नपरेको ठाउँमा बस्दा, कुरा सुनिरहँदा हाई आउने गर्छ । यसलाई टेक्निकल भाषामा हाइपोथेनिया पनि भनिन्छ । शरीरमा मस्तिष्क शिथिल भएको अवस्थामा बढी हाई आउँछ । चनाखो भएको अवस्थामा भने यसरी हार्ई दोहोरिँदैन ।

शरीरमा पानीको कमी हुँदा पनि हाई आउने समस्या हुन्छ । बढी हाई आउने समस्या भएमा शरीरलाई आराम नपुगेको भनी बुझ्नुपर्छ ।

सम्बन्धित समाचार