इरानी उपस्वास्थ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण

इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उपस्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका एक अधिकारीले बताए।

इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।



स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, ‘कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर संक्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप‍स्वास्थ्य मन्त्री हरिर्चीको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा संक्रमण पुष्टि भएको छ ।’

सम्बन्धित समाचार