प्ले ब्वाय शाहिद कपुर, विवाहअघि अफ्येर्स !

बलिवुडका चकलेटी हिरो शाहिद कपुर आज आफ्नो ३९ औँ जन्मदिन मनाइरहेका छन् । शाहिदको जन्म २५ फेब्रुअरी १९८१ मा दिल्लीमा भएको थियो । शाहिदले बलिवुडमा थुप्रै हिट फिल्म दिएका छन् । शाहिदकी आमा निलिमा अजीम र बुबा पंकज कपुर दुवै सफल कलाकार हुन् ।

शाहिदले कहिले पनि उनीहरुको नामको सहायतामा बलिवुडमा काम गरेका छैनन् । शाहिदले ब्याकग्राउन्ड डान्सरको रुपमा आफ्नो करियरको शुरुवात गरेका थिए । शाहिदको पहिलो फिल्म ‘इश्क विश्क’ थियो जुन बक्स अफिसमा सफल रहेको थियो ।



फिल्म बाहेक शाहिद कपुर आफ्नो अफेयरको कारण पनि चर्चामा रहेका छन् । शाहिद र करिना कपुरको सम्बन्धको बारेमा त सबैलाई थाहा छ । उनीहरुको सम्बन्ध लामो समयसम्म चलेको थियो । करिना बाहेक शाहिदले थुप्रै नायिकालाई डेट गरेका छन् । मिरा राजपुतसंग विवाह गर्नुपूर्व शहिदको यी नायिका संग सम्बन्ध रहेको थियो ।

ऋषिता भट्ट

यो कुरा निकै कम मानिसलाई मात्र थाहा छ कि शाहिदले फिल्म खेल्नु अगाडी नायिका ऋषिता भट्टलाई डेट गर्थे । तर उनीहरुको ब्रेकअपको कारण भने कसैलाई थाहा छैन । शाहिदले जब सन् २००३ मा फिल्म ‘इश्क विश्क’ बाट डेभ्यु गरे तब उनि सिंगल थिए ।

करिना कपुर

चलचित्र उद्योगमा आएको केहि समयमा नै शाहिदको सन् २००४ मा रिलीज भएको फिल्म ‘फिदा’ मा करिनालाई भेटे । दुवैजनाको मित्रता भयो र त्यसपछि प्रेम सम्बन्ध शुरु भयो । केहि समय पश्चात् करिनाले शाहिदलाई प्रपोज गरेकी थिइन् ।

अमृता राव

शाहिदले अमृतासंग फिल्म ‘इश्क विश्क’ मा काम गरेका थिए,सन् २००५ मा ‘शिखर’ र २००६ मा ‘विवाह’ मा दुवैसंगै देखिएका थिए । दुवैजनाको जोडी हिट थियो र त्यसपछि यिनीहरूको अफेयरको खबर निकै चर्चामा थियो ।

विद्या बालन

शाहिदले विद्या बालनसंग फिल्म ‘किस्मत कनेक्शन’ मा संगै काम गरेका थिए । यसै क्रममा दुवै जना नजिक भएका थिए र केहि समय पछि अफेयरको खबर चल्न थाल्यो । विद्या र शाहिदको पनि केहि समय पछि ब्रेकअप भयो ।

सानिया मिर्जा

सन् २००९मा फिल्म ‘कमिने’ को छायांकनको क्रममा टेनिस खेलाडी सानिया मिर्जा संग पनि उनको अफेयर चर्चा चलेको थियो । केही समयपछि सानियाले तेलुगु हिरोलाई डेट गरेको खबर आयो र शाहिदसंग ब्रेकअप भयो ।

प्रियंका चोपडा

फिल्म ‘कमीने’ को क्रममा प्रियंका चोपडासंग शाहिदको नाम जोडिएको थियो । फिल्म र दुवैको जोडी हिट थियो । दुवै करण जोहरको शो कफी विथ करणमा पनि संगै गएका थिए । दुवै जनाले प्रेम नभएर राम्रो साथी भएको दावी गरेका थिए ।

अनुष्का शर्मा

शाहिद र अनुष्का शर्माको अफेयरको चर्चा पनि निकै चलेको थियो । दुवैले सन् २०१० मा ‘बदमास कम्पनी’ मा एकसाथ काम गरेका थिए ।

सोनाक्षी सिन्हा

शाहिदको प्रमिकाको सुचीमा सोनाक्षी सिन्हाको पनि नाम छ । दुवै जना सन् २०१३ मा फिल्म ‘आर।।राजकुमार’ मा संगै काम गरेका थिए ।

शाहिदले जुन २०१५ मा दिल्लीकी केटी मिरा राजपुतसंग मागी विवाह गरेका थिए । दुवै जना राधा स्वामी सतसंगमा भेटेका थिए र उनीहरुको परिवारले यो सम्बन्ध जोडेका थिए ।

सम्बन्धित समाचार