जब कार्यालयभित्र सीईओ नाच्न थालिन् …(भिडियो)

अफिसमा काम गर्ने अधिकाशं कर्मचारीहरुमा कामको चाप निकै हुने गर्दछ । उच्च पदका व्यक्तिबाट आउने प्रेसर, सिफ्ट नसकिउन्जेल निस्किन नपाउने, कामको एकै रूटिन, प्रोफेशनल फर्मेट र गम्भीरतापुर्ण कामले कर्मचारीलाई बोर बनाउँछ । तर यस्तोमा कार्यालयमा एकाएक नाचको कार्यक्रम भयो भने क्या मज्जा होला ?

भारतको बहुचर्चित वेल्सपेन इंडिया लिमिटेडकी सीईओले कार्यालयमा एक रोचक काम गरेकी छिन् । उनको कामलाई धेरैले रुचाए साथै उनी एकाएक भाइरल समेत भइन् । यसरी उनी भाइरल हुनुको पछाडिको काम भने निकै रोचक छ ।



खासमा सबै कर्मचारीहरु कामको चापमा गम्भीर रहेको बेला लिमिटेडकी सीईओ दीपाली गोयन्का एकाएक शाखामा आइन् । उनीहरुको मनोबल उत्साहप्रद बनाउन कार्यालय भित्र छमछमी नाचेकी छन् । दीपाली नाच्नासाथ अन्य सबै उमेरसमुहका कर्मचारी दिल खोलेर नाचेको देखिन्छ । दीपाली गोयन्काले कार्यालयमा कर्मचारीको बीचमा मुकाबला गीतमा नृत्य गरेकी हुन् ।

उनको नृत्य सामाजिक सञ्जालमा धेरै भाइरल बनेको छ । उनको नृत्यमा धेरैले सकारात्मक कमेन्ट गरेका छन् । कमेन्टमा धेरैले लेखेका छन् वाह सीइओ होस् त यस्तो ।

सम्बन्धित समाचार