तापसीको ‘थप्पड’ चर्चामा : यी हुन उनका यसअघिका दश चलचित्र

बलिवुड अभिनेत्री तापसी पन्नूको नयाँ चलचित् थप्पड अहिले निकै चर्चामा रहेको छ । उनको नयाँ चलचित्र ‘थप्पड’ शुक्रवार रिलीज हुँदै छ । थप्पडसम्म पुग्नको लागि तापसी पन्नूले थुप्रै यस्तो चलचित्रमा काम गरेकी छिन् जसले उनको अभिनय क्षमतालाई प्रष्ट देखाएको छ ।

तापसीका दश चलचित्र :



सुरमा : सन् २०१८ मा रिलिज भएको सुरमा एक स्पोर्ट्स ड्रामा फिल्म हो । फिल्ममा तापसी पन्नू, दिलजीत दोसांझ, अंगद बेदी र विजय राज मुख्य भूमिकामा रहेका छन् । ‘सुरमा’ मा तापसी पन्नू र दिलजीत दोसांझ हकी खेलाडीको भूमिकामा रहेका थिए ।
दुवै एक अर्काप्रति प्रेम गर्छन् तब दिलजीत पात्र संदिपलाई गोली लाग्छ । उक्त घटना पछि उनिहरुको जीवनमा आएका धेरै उतार-चढाव देखाइएको थियो ।

मुल्क : चलचित्र मुल्कमा तापसी पन्नू र ऋषि कपूर मुख्य पात्रको रुपमा छन् । दुई वर्ष पहिला रिलीज भएको यस फिल्ममा तापसी पन्नूले वकीलको भूमिका दमदार रुपमा निभाएकी छिन् । यस फिल्मको माध्यमबाट तापसीको नाम हिन्दी चलचित्रको पहिलो स्तरको अभिनेत्रीमा सहभागी भएको थियो ।

पिंक : यस चलचित्रले दर्शकको मन-मस्तिष्कमा गहिरो छाप छोड्न सफल भएको थियो । फिल्ममा अमिताभ बच्चन र तापसी पन्नू मुख्य भूमिकामा रहेका छन् । मिनल (तापसी पन्नू) आफ्नो साथीहरुसंग एक नेताको भतिजको विरुद्ध यौनदुर्व्यवहारको रिपोर्ट दर्ता गर्ने प्रयास गर्छिन् । जब कुरा बिग्रिदै जान्छ तब वकिल दिपक (अमिताभ बच्चन) मुद्धा लड्न उनको सहयोग गर्छन् । यस चलचित्र सन् २०१६ मा रिलिज भएको थियो जसको निर्देशन अनिरुद्ध रोय चौधरीले गरेका थिए ।

बदला : रेड चिलिज एइन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रको बक्स अफिसमा राम्रो कमाई थियो । यस चलचित्रको निर्देशन सुजाय घोषले गरेका थिए । यो फिल्म पछिल्लो वर्ष रिलिज भएको थियो ।

यस फिल्ममा एक पटक फेरी अमिताभ बच्चन र तापसी पन्नू संगै देखिएका थिए । फिल्ममा तापसी एक सफल उद्धमी र विवाहित महिला नैनाको भूमिकामा छिन् जो आफ्नो प्रेमीको हत्यामा फस्छिन्, तब उनी एक नाम चलेको वकिलसंग आफ्नो मुद्धा राख्छिन्, तब दुवै जना एक साथ मुद्धामा काम गर्न शुरु गर्छन् ।

नाम शबाना : चलचित्रको निर्देशन शिवम नायरले गरेका छन् । यस चलचित्रले सन् २०१७ मा बक्सअफिसमा उत्रेको थियो । फिल्ममा तापसी पन्नू संग अक्षय कुमार, मनोज बाजपायी पनि मुख्य भूमिकामा रहेका छन् । फिल्ममा शबाना ९तापसी पन्नू० लाई जिस्काउने केही गुण्डासंग भएको झगडामा जयको हत्या हुन्छ र पछि शबानालाई गोप्य एजेन्सीमा सहभागी हुने शर्तमा जयको हत्याको बदला लिन सहयोग गर्ने प्रस्ताव आउँछ ।

सांड की आंख : सन् २०१९ मा रिलिज भएको बायोपिक फिल्म मध्य ‘सांड की आँख’ मुख्य फिल्म हो । यस फिल्ममा तापसी पन्नू र भूमि पेडनेकरले शुटर हजुरआमाको भूमिका निभाएका छन्, तुषार हिरानन्दानी निर्देशित उक्त चलचित्रको अभिनय देखि निर्देशन सम्म सबै दर्शकद्वारा निकै प्रशंसा भएको थियो ।

मनमर्जिया : अनुराग कश्यप निर्देशित यस फिल्ममा तापसी पन्नू, अभिषेक बच्चन र विकी कौशल मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा तापसीको भूमिका निकै बोल्ड छ जो आफ्नो शर्तमा जीवन बाच्नेमा विश्वास गर्छिन् । यस चलचित्रमा अभिषेक, तपसी र विकीको प्रेम त्रिकोणको वरपर घुमेको देखाइएको छ ।

थप्पडको ट्रेलर

मिशन मंगल : सन् २०१९ को स्वतंत्रता दिवसको मौकामा रिलीज भएको यस चलचित्रलाई दर्शकद्वारा निकै रुचाइएको थियो । यस फिल्ममा मंगल ग्रहमा भारत पुगेको संघर्षलाई देखाइएको छ । भारत आफ्नो मेहनत र महिला शक्तिको भरमा पहिलो कोशिसमा मंगल पुग्न सफल हुन्छ । फिल्ममा तापसी एक वैज्ञानिकको भूमिकामा देखिएकी छिन् ।

जुडवा २ : यस चलचित्रमा तापसी पन्नू र वरुण धवन मुख्य भूमिकामा छन्। फिल्ममा वरुण धवनको डबल रोल छ , जसमा वरुणको एक पात्रको तापसी संग प्रेमसम्बन्ध शुरु हुन्छ । यस फिल्म युवाको दृष्टिकोणबाट बनाइएको छ जसले दर्शकबाट मिलीजुली प्रतिक्रिया पाएको थियो ।

गेम ओभर : हिन्दी , तमिल र तेलुगू भाषामा रलिज भएको यस फिल्मको निर्देशन अश्विनी सरवनले गरेका हुन् । यस फिल्मले पछिल्लो वर्ष बक्स अफिसमा उत्रेको थियो । फिल्ममा तापसी एक गेम डिजाइनर र एक बलात्कार पिडितको भूमिकामा छिन् जसलाई अध्याँरोसंग डर लाग्ने हुन्छ । उनको घरमा एक सिरियल किलर भित्र पस्छ र आतंक मचाउन थाल्छ, त्यसपछि तापसीको जीवन तल(माथि हुन्छ ।

सम्बन्धित समाचार