‘तई जसी रूवसी कोई नाई’ (भिडियाे सहित)

विदेशी भूमिमा रहेर पनि आफ्नो लोक संस्कृतिलाई जर्गेना गर्न कलाकारिता गरिरहेका थुप्रै युवाहरू छन् । विदेशी भूमिमा रहेर सदैव आफ्नो देश र संस्कृतप्रति माया दर्शाइरहेका युवाहरूको माझबाट हिक्मत कुवरले ‘तई जसी रूवसी कोई नाई’ भिडियो गीत बजारमा ल्याएका छन् ।

माया पिरतीमा आधारित रहेर सुदूरपश्चिमेली संस्कृतिलाई पनि जोडेको देउडा गीत ‘तई जसी रूवसी कोई नाई’ आरकेबी न्यज एण्ड भिडियो युटुव च्यानलबाट सार्वजनिक भएको छ । हिक्मत कुवर र सुरेश धामीले निर्देशन गरेको उक्त गीतमा अभिनय राम सिंह, अनिता रोकाया तथा हिक्मत कुवर रहेका छन् ।



हिक्मत कुवरको शब्द रहेको उक्त गीतमा कृष्ण विष्ट र शोभा थापको स्वर रहेको छ भने लय हरिश बिष्टको रहेको छ । विशेष डिजिटल स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतको छायाँकन भारतको कर्नाटकमा गरिएको हो ।

भिडियाे :

https://youtu.be/hMdvM5XU95A

सम्बन्धित समाचार