चटकी आयुष्मान

फिल्मको भाषामा भन्नुपर्दा फ्लप अभिनेता हुन्, आयुष्मान देशराज । न उनका फिल्मले कहिल्यै प्रशंसा पाएका छन्, न उनको अभिनयले । जेजति चर्चामा छन्, प्रियंका कार्कीसँगको अफेयर र विवाहको खबरले । आयुष्मान प्रियंकाले जताजता डोर्‍यायो, त्यतैत्यतै हिँडिरहेका छन् । अरूमा त प्रियंकाको नक्कल ठीकै छ, हुँदाहुँदा ब्याचलर्स पार्टीमा पनि आयुष्मान सिर्जनशील हुन सकेनन् ।

बिहेअघि गरिने, ब्याचलर्स पार्टी पनि आयुष्मानले दुरुस्तै गरेका छन् । प्रियंकाले पार्टीमा साथीहरूसँग जे–जे गरेकी थिइन्, आयुष्मानले पनि उही–उही गरेका छन् । प्रियंकाले जेजसरी फोटो खिचाएकी छिन्, उनले पनि त्यसै गरी फोटो खिचाउन छुटाएका छैनन् ।



तर, उनको यो नक्कलमाथि धेरैले भद्दा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा ट्रोलको ओइरो छ भने टाइमलाइनमा उनका क्रियाकलापलाई ‘चटक’को संज्ञा दिइएको छ । जे चिजमा पनि पब्लिसिटी खोज्ने बानी प्रियंकाको छ। उनको संगतले आयुष्मानले पनि यो गुण सिकेछन् । तर, के यो चटकले आयुष्मानलाई फाइदा गर्ला ?

सम्बन्धित समाचार