नेहालाई बुहारी बनाउन उदित नारायण इच्छुक

बलिउडका चर्चित गायक उदित नारायण झाले गायिका एवं इण्डियन आइडलकी जज नेहा कक्कडसँग विहे गर्न आफ्नो छोरा आदित्य नारायणलाई सुझाव दिएको बताएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार उदितले आदित्यलाई विहे नै गर्न सुझाव दिएका थिए । विहे गर्ने भनेर आदित्य र नेहाले इण्डियन आइडलको मन्चमै परिवारको उपस्थितिमा प्रस्ताव साटासाट समेत गरेका थिए जसलाई दर्शकले पत्याएका थिए । १४ फेब्रअरीमा विहे हुने बताइएको थियो । तर, त्यो सबै टिआरपीका लागि गरिएको थियो । तर उदितको भित्री चाहना भने नेहालाई आफ्नो घरको बुहारी बनाउने थियो ।



बिहीबार उनले सन्चारमाध्यममा आदित्यले नेहासँग विहे गर्नुपर्ने आफ्नो चाहना भएको र आफूले सुझाव समेत दिएको बताए । आफू अहिले पनि छोरा आदित्यलाई नेहाको नाम जोडेर घरमा जिस्क्याउने गरेको उदितले सुनाए । नेहासँग लगनगाँठो कस्न आग्रह गर्दा आदित्यले नमानेको उदितले बताए । ‘तपाईहरु विश्वास गर्नुहुन्न होला, मैले छोरा आदित्यलाई नेहाको नामले चिढ्याउँछु । मैले नेहासँग विहे गर्न भनेको थिएँ । तर, उसले मानेन’, उदितले भने ।

आदित्यले आफू अहिल्यै विहे नगर्ने बताएको उदितले सुनाए । ‘मैले विहेको लागि आग्रह गर्दा आदित्यले अस्वीकार गरे । अहिले करियरमा फोकस हुन चाहन्छु भन्यो’, उदितले सुनाए ।

उदितले गायन क्षेत्रमा प्रगति गरिरहेको भन्दै नेहाको पनि प्रशंसा गरेका थिए । उनले नेहालाई प्रिय छोरी भन्दै आफूहरुले बुहारी बनाउन चाहेको पनि बताउँदै आएका छन् ।

इण्डियन आइडलमा नेहा जज र आदित्य उद्घोषक हुन् । यी दुई भर्खरैमात्र ‘गोवा बीच’ गीतमा सँगै देखिएका थिए ।

सम्बन्धित समाचार