कोरोना भाइरसको संक्रमण बढेपछि इटालीको सिरी ए का खेलहरु पनि प्रभावित भएका छन् । यस अघि सिरी ए का तीन खेल स्थगित भएकोमा अब युभेन्टस र इन्टरमिलानबीच आइतबार हुने खेल बिना दर्शक हुने भएको छ ।
युभेन्टसको घरेलु मैदानमा हुने सो खेलमा कुनै दर्शकलाई मैदानमा हेर्न आउन नदिइने भएको छ । लिगका खेललाई असर नगरोस भनेर इटाली सरकारले फ्यानहरुको उपस्थित बिना नै सिरी ए का खेल गराउन निर्देशन दिएको हो ।
युभेन्टसले पनि विशेष परिस्थितिका कारण बिना दर्शक आइतबारको खेल खेल्न लागेको जानकारी दिएको छ । फ्यानहरु फुटबलका महत्वपूर्ण हिस्सा भएपनि उनीहरुको स्वास्थ्यको ध्यान दिनुपनि उत्तिकै महत्वपूर्ण विषय भएकाले यस्तो निर्णय लिएको क्लबले उल्लेख गरेको छ ।
इटालीमा अहिलेसम्म कोरोनाको संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।