‘ए मेरो हजुर-४’ को मुहूर्त : को छन् त प्रमुख भूमिकामा ?

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा फिल्म ‘ए मेरो हजुर ’ को अर्को सिरिजमा दोहोरिने भएका छन् । शुक्रवार काठमाडौंको गोंगबुमा रहेको कार्यविनायक मन्दिरमा फिल्म ‘ए मेरो हजुर-४’ को मुहूर्त गरिएको थियाे ।

फिल्मको मुहूर्त समारोहमा अनमोल र सुहानासँगै अभिनेता सलोन बस्नेत, निर्देशक झरना थापा, छायाँकार सञ्जय लामालगायत उपस्थित थिए । मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । शुक्रवार काठमाडौंमा केही दृश्य कैद गरेर निर्माण टिम शुक्रबार नै पोखरा प्रस्थान गर्यो । पोखरामा १० दिन, काठमाडौं र ललितपुरमा फिल्मको करीब ३० दिन छायांकन हुने जानकारी प्राप्त भएको छ । यूरोप र ओमानमा गीतको छायांकन गर्ने तयारीमा निर्देशक थापा छिन् । फिल्मको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ ।



सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘ए मेरो हजुर ४’ अर्को वर्ष ९२०७७० को दशैंको फूलपातीमा प्रदर्शनमा आउँदैछ । योसँगै अर्को वर्षको दशैंको फूलपातीलाई ‘छक्का पञ्जा ४’ र महजोडीले निर्माण गर्न लागेको बेनामे फिल्मले पनि प्रदर्शन मिति तोकिसकेका छन् । यो हिसाबले अर्को वर्ष ठूला फिल्मबीच भिडन्त हुने देखिएको छ ।

अभिनेत्रीबाट निर्देशक बनेकी झरना थापाको निर्देशनमा बन्ने यो तेस्रो फिल्म हुने छ ।

सम्बन्धित समाचार