स्कूले जीवनमा टाइगर श्रापकी क्रस थिइन् यी हिरोइन

बलिउड एक्टर टाइगर श्राप ‘बागी ३’ मा देखिदै छन् । यस फिल्ममा उनका साथमा श्रद्धा कपूर पनि छिन् । टाइगर र श्रद्धाको केमेस्ट्री यो भन्दा अगाडि पनि धेरै मन पराईएको थियो । हालैमात्र टाइगरले उनी स्कूल पढ्दा श्रद्धालाई एकदमै मन पराउने र श्रद्धा उनको क्रश भएको कुरा खुलाएका छन् ।

टाइगरले भारतीय सञ्चारमाध्यामसँगको कुराकानीका क्रममा श्रद्धा उनकी क्रश भएको र त्यसबेलामा टाइगरसँग भन्ने हिम्मत नभएको बताएका हुन् । पहिलोपटक टाइगर र श्रद्धाले सब्बीर खानको एक्शन ड्रामा बागीमा एकसाथ काम गरेका थिए । साथै अब उनीहरु फेरी एकपटक बागी ३ मा देखँदैछन् ।



बागी ३ को निर्देशन अहमद खानले गर्दैछन् । यो फिल्म ६ मार्चमा रिलिज हुँदै छ ।

सम्बन्धित समाचार