माधुरी, काजोल लगायतका ९० को दशकका बलिवुडका सुन्दर हिरोइन अहिले कस्ता देखिन्छन् ?

आज मात्र होइन बलिवुडमा एक लामो समयदेखि नायिकाहरु आफ्नो अभिनय र सुन्दरताले सबैलाई मोहित बनाउने गर्दथे । ९० को दशकका अभिनेत्रीहरुको कुरा गर्ने हो भने आज पनि बच्चा होस् वा बुढो सबैको अनुहारमा एक मुस्कान आउँछ ।

यी नायिकाहरु आज पनि नयाँ अभिनेत्रीहरुलाई कडा चुनौती दिन्छन् । यस रिपोर्टमा ९० को दशकका चार अभिनेत्रीहरुमा आएको परिवर्तनको बारेमा चर्चा गर्दै छौ स्



ऐश्वर्य राय बच्चन

ऐशको नामबाट प्रशिद्ध विश्व सुन्दरी ऐश्वर्य राय बच्चनको सुन्दरताको प्रशंसक देशमा मात्र नभएर विदेशमा समेत रहेका छन् । आज पनि जब सुन्दर अभिनेत्रीहरुको चर्चा हुन्छ तब एश्वर्या रायको नाम सधै सुचीमा संग्लग्न हुन्छ । अहिले एश्वर्या राय बच्चन फिल्मबाट अलिकति टाढा रहेकी छिन् । तर सामाजिक संजालमा र अन्य सामाजिक कार्यमा भने उनी सक्रिय छन् ।

करिश्मा कपूर

९० को दशकमा आफ्नो सुन्दरताले लोभ्याउने करिश्मा कपुर आज पनि उत्तिकै सुन्दर देखिन्छिन् । तर उमेरको हदले उनलाई असर गरेको देखिन थालेको छ । बलिवुडमा कैयौं सुपरहिट चलचित्र दिने अभिनेत्री व्यक्तिगत जीवनको कारणले गर्दा चर्चामा आउने गर्दछिन् । करिश्मा कपुरको विवाह संजय कपुरसंग भएको थियो तर केही समय नबित्दै उनीहरुको सम्बन्धबिच्छेद भयो । लामो समय पछि उनी अभिनयमा कमब्याक गर्ने तयारीमा छन् । करिश्मा छिट्टै नै वेभ सिरीज मेन्टलहुडमा देखिने भएकी छिन् ।

माधुरी दिक्षित

बलिवुडकी धक धक गर्ल माधुरी दिक्षितको आज पनि लाखौं/करौडौं चाहने मानिस छन् । माधुरी दिक्षित आफ्नो नृत्य र सुन्दरताले सबैको मन जितेकी छिन् । माधुरी आज पनि टिभी र चलचित्र क्षेत्रमा सक्रिय छिन् ।

काजोल

काजोलको गणना बलिवुडका ती अभिनेत्रीहरुमा हुन्छ जो आज पनि आफ्नो मिहेनतमा चलचित्रको डुंगा पार गर्ने हिम्मत राख्छिन् । काजोल सामाजिक संजालमा निकै सक्रिय रहन्छिन्, उनी चलचित्रमा पनि निकै सक्रिय छिन् । भर्खरै काजोलले श्रीमान् अजय देवगनसंग चलचित्र तानाजी द अनसंग वारियरमा देखिएकी थिइन् । फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो ।

सम्बन्धित समाचार