प्रसिद्ध भिडियो गेम मन्स्टर हन्टर अब गेममा मात्रै सीमित रहेन

भिडियो गेम्सको संसारमा मन्स्टर हन्टर फ्रेन्चाइजको नाम सबै भन्दा प्रतिष्ठित र अव्वल भिडियो गेमको रुपमा लिने गरिन्छ । तर अब यो भिडियो गेममा मात्र सीमित नरही चलचित्रमा आउन थालेको छ । यसले बच्चाहरुलाई अत्याधिक खुशी प्रदान अवश्य पनि गर्दछ ।

विगतमा यसले १६ वर्षसम्मका बच्चाहरुलाई मनोरन्जन प्रदान गर्दै आइरहेको थियो । मोर्टल कम्ब्याट, इभेन्ट होराइजन र रेसिडेन्ट इभिल सिरीज जस्ता चलचित्रका निर्देशन गरिसकेका निर्देशक पल डब्ल्यू एस एन्डरसन अब भिडियो गेममा आधारित ‘मन्स्टर हन्टर’ नामको फिल्मको निर्देशन गर्ने भएका छन्, जसमा टोनी जा र मिला जोवोविच मुख्य भूमिकामा देखिने भएका छन् ।



यो फिल्म ४ सेप्टेम्बरमा रिलीज हुने भएको छ । हलिवुडको प्रख्यात अभिनेत्री मिला जोवोविचको रेसिडेन्ट इभिल सिरीजमा एलिसको मुख्य पात्रबाट पहिचान बनेको हो । मन्स्टर हन्टरमा उनी क्याप्टेन नेटलीन आर्टेमिसको भुमिकामा देखिने भएकी छिन्, जुन भयानक राक्षससंग आफ्नो गाउँ र आफ्नो क्षेत्रको रक्षा गर्छिन् ।

टोनी जा पनि मिला जोवोविच जस्तै राक्षसको शिकार गर्ने शिकारीको भुमिकामा देखिदै छन्, उक्त चलचित्रमा उनले आफ्नो लडाकु प्रतिभा प्रस्तुत गर्ने छन् । फिल्मको कथा अनुसार संयुक्त राष्ट्रको सेनाको एक भाग दुर्भाग्यवस कुनै अर्कै संसारमा पुग्छन्, जहाँ उनीहरुको सामना भयानक राक्षसहरुसंग हुन्छ ।

सेनाको उक्त टोली छुट्टै छुट्टै बाँडिएर एक साथ काम गर्छन् र त्यस ठाउँलाई भयानक राक्षसबाट सुरक्षित राख्छन् । साथै उनीहरुलाई पृथ्वीमा जानबाट पनि रोक्छन् । मिला जोवोविच र टोनी जासंग क्लिफोर्ड ह्यारिस जुनियर, रन पर्लम्यान, डिएगो बोनेटा र मेगन गुड पनि यस चलचित्रमा मुख्य भूमिकामा रहेका छन् ।

जोम्बि मतलब हिड्नसक्ने मृत जीवको प्रकोपबाट विश्वलाई स्वतन्त्र गर्ने मिला जोवोविचसंग निकै अनुभव रहेको छ तर टोनी जा को भने यस्तो चलचित्र पहिलो हो ।

टोनीले ‘टम-यम-गुङ्ग’ र ‘ओङ्ग ब्याक सिरिज’ जस्तो राम्रो एक्शन चलचित्रबाट दर्शकलाई मनोरन्जन गरेका छन् । उनले भिन डिजल र दिपिका पादुकोणसंग चलचित्र ‘ट्रिपल एक्स-रिटर्न अफ जेन्डर केज’ मा पनि काम गरिसकेका छन् ।

सम्बन्धित समाचार