एल क्लासिकोमा रियल म्याड्रिड विजयी

बहुप्रतिक्षित एल क्लासिकोमा रियल म्याड्रिड विजयी भएको छ । गएराती बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा मारियानो र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोलमा सकिएको खेलमा खेलको ७१ औ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ९० मिनेटपछिको दोस्रो मिनेटमा मारियानोले अर्को गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए ।



योसँगै रियलका भिनिसियस जुनियरले एल क्लासिकोमा आफ्नो नयाँ किर्तिमान बनाएका छन् । उनी एल क्लासिकोमा गोल गर्ने अहिलेसम्मका युवा खेलाडी बनेका छन् । उनले १९ बर्ष २३३ दिनमा गोल गर्दै यस्तो किर्तिमान बनाएका हुन् । यस अघि लियोनेल मेसीले मार्च २००७ मा १९ बर्ष २५९ दिनको दिन गोल गर्दै एल क्लासिकोमा गोल गर्ने युवा खेलाडीको किर्तिमान बनाएका थिए ।

यो जितसँगै रियल म्याड्रिड फेरी ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । रियलको २६ खेलमा ५६ अंक भएको छ भने बार्सिलोनाको २६ खेलमा ५५ अंक भएको छ ।

सम्बन्धित समाचार