सूर्यवंशीको एक्शनप्याक ट्रेलर रिलिज

बलिवुडमा यस बर्षको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक भएको छ । रोहित शेट्टीले निर्देशन गरेको यस फिल्ममा अभिनेता अक्षय कुमार, अजय देवगन र रणवीर सिंह पनि देखिँदैछन् ।

त्यस्तै, अभिनेत्री कैटरीना कैफको पनि यस फिल्ममा अभिनय रहेको छ । लामो समयपछि अक्षयकुमार एक्शन भूमिकामा देखिएको यो फिल्मको ट्रेलर उत्कृष्ट बनेको छ । एक्सनले भरिएको ‘सूर्यवंशी’ को ट्रेलर ४ मिनेट १५ सेकेण्ड लामो छ ।



‘सूर्यवंशी’ रोहित शेट्टीको कप सिरिजको चौथो फिल्म हो । योभन्दा अगाडि उनले ‘सिंघम’, ‘सिंघम २’ र ‘सिम्बा’ बनाइसकेका छन् । ‘सिंघम’ सिरिजमा रोहितले अजय देगवनसँग र ‘सिम्बा’ मा रणवीर सिंहसँग काम गरेका थिए । यी तीनै फिल्म सुपरहिट भएका थिए ।

‘सूर्यवंशी’ मा अक्षय, अजय र रणवीर एकसाथ देखिन लागेका कारण यो फिल्मले बक्स अफिसमा ठूलो रेकर्ड बनाउने अनुमान गरिएको छ ।

फिल्म मार्च २४ मा रिलिज हुँदै छ ।

फिल्मको ट्रेलर :

सम्बन्धित समाचार