‘यो एउटा यादगार रोलर कोस्टर यात्रा रह्यो’- इरफान खान

कलाकार इरफान खान पछिल्लो केही वर्षदेखि दर्शक तथा सार्वजनिक समारोहबाट केही टाढिएका छन् । क्यान्सर रोगबाट पीडित इरफान परिवारको स्याहरमा छन् ।

उनको स्वास्थ्यमा सुधार पनि आइरहेको छ । हालै आफ्नो नयाँ चलचित्र ‘अंग्रेजी मिडियम’ को प्रमोसनका क्रममा पछिल्लो २ वर्षदेखिको क्यान्सरसँगको लडाइँको यात्रा यसरी सुनाउछन्, ‘यो एउटा यादगार रोलर कोस्टर यात्रा रह्यो, खुसीका पलहरू अन्तर्निहित अनिश्चतताले ओझेलमा परें । हामी थोरै रोयौँ र धेरै हाँस्यौँ । हामी एक विशाल शरीर बन्यौँ । तिमी चिच्याउँछौ …तिमी के फिल्टर गर्ने भन्ने कुराको छनोट गर्छौ । म भारी चिन्ताबाट गुज्रिएँ तर कहींकतै मैले ती पीडालाई नियन्त्रण गर्न सकें । तिमी हपस्कच खेल खेलिरहेका छौ ।’



उनी अझै पनि यो रोगसँग पूर्ण रूपमा निको भइसकेका छैनन् र लडिरहेकै छन् । त्यो उतार–चढावको दिनमा आफ्ना २ छोरा र श्रीमतीसँग बिताएका मूल्यवान समय र साथमा खुसी व्यक्त गर्दै उनले थपे, ‘उनको हेरचाह राम्रो रह्यो, यदि अझै बाँच्ने मौका पाएँ भने म उनको लागि बाँच्न चाहन्छु । म मेरो स्वास्थ्य र बाँच्ने आशामा अडिग हुनुको कारण पनि उनी नै हुन् ।’

सँगै उनले ‘अंग्रेजी मिडियम’ राम्रो चलचित्र बनेको र आफ्ना लागि पनि विशेष बनेको भन्दै सबैलाई हेर्न आग्रह पनि गरे । ‘अंग्रेजी मिडियम’ एक एकल बुबाले आफ्नी छोरीको लन्डनमा पढ्न जाने इच्छा पूरा गर्न गर्ने संघर्षको कथा बोकेको छ ।

सम्बन्धित समाचार