गर्लफ्रेन्डका नखराहरु के के हुन् ?

एउटा उमेर चरणमा केटा र केटी आपसमा आकर्षित हुन्छन् । उनीहरु एकअर्कालाई प्रेम गर्छन् । यसरी प्रेम गरिरहेका वा प्रेमको अनुभव लिएकाहरुलाई थाहा छ, त्यसबेला रमाइलो मात्र हुँदैन, कतिपय अवस्थामा तनाव पनि हुन्छ । गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्ड भएको अवस्थामा मन बेचैन पनि हुन्छ ।

औडाहा पनि हुन्छ । एकअर्कावीचको व्यवहार, प्रवृत्ति, मनोविज्ञान, पृष्टभूमी, सोचमा तालमेल हुँदैन । यसले उनीहरुमा मनमुटाव हुन्छ । झगडा हुन्छ । रमाइलो चाहि के छ भने फेरी यिनै तत्वहरुले प्रेमलाई थप प्रगाढ पनि बनाउँदै लान्छ ।



त्यसैले प्रेमी-प्रेमिकामा ठाकठुक हुनु स्वभाविक हो । सामान्य हो । त्यसो त कतिपय कुरामा खासगरी केटीहरुले भावनात्मक रुपमा केटालाई गलाउने गर्छन् । सोझै भन्नुपर्दा, इमोशनल ब्ल्याकमेलिङ गरिरहेका हुन्छन् । गर्लफ्रण्डका नखराहरु यी हुन् जसले कहिले प्रेमलाई प्रगाढ गराउन मद्दत गर्दछ त कहिले प्रेमीलाई दिक्क पार्छ ।

रोनाधोनाः केटीहरुलाई रुन कुनै आइतबार चाहिँदैन । उनीहरु स-साना कुरामा पनि आँशुका ढिक्का खसालेर रोइदिन्छन् । आफ्नी प्रेमिकाको आँखामा आँशु देखेपछि प्रेमीको मन नपग्लिने कुरै भएन । यसरी उनीहरु आफ्ना हरेक मनसुवा पुरा गर्छन् ।

फोन विजी  : गर्लफ्रेन्डले फोन गरेको बेला ब्वाइफ्रेन्डको फोन विजी हुनुहुँदैन । यदि त्यसो भयो भने गर्लफ्रेन्ड ठुस्किन्छन् । केरकार गर्छन् ।

पूर्वप्रेमीको तारिफः  प्रेमीबाट आफ्नो मनसुवा पुरा गराउन तथा बढी केयर पाउन केटीहरु यस्तो हथकण्डा अपनाउँछन् । उनीहरु आफ्नो पूर्वप्रेमीको प्रसंग निकाल्छिन् र उसको प्रशंसा गरेर टर्चर दिन्छिन् ।

कमजोरी खोतल्छिन् : हरेक प्रेमिकाले प्रेमीलाई आफूले चाहेबमोजिम मोडिफाइ गर्न खोज्छिन् । ब्वाइफ्रेन्डको ड्रेस सेन्सदेखि हेयर स्टाइलसम्म खोट देखाउँछिन् । त्यसपछि उनको रुचि अनुसारकै लुगा लगाउन बाध्य हुनुपर्छ ।

तारिफ गर्छिन् : प्रेमीकाले कमजोरी खोतलेर मात्र होइन, तपाईंको अतिरञ्जित तारिफ गरेर पनि तपाईंबाट काम लिन्छिन् । तारिफ गरेपछि ब्वाइफ्रेन्ड मख्ख पर्छन् र उनले जे भन्यो त्यही मान्छन् ।

बोल्नै छाड्ने : अरु कुनै उपायले पनि भएन भने उनी बोल्नै छाड्छिन् । यदि उनलाई साँचो प्रेम गरिन्छ भने लामो समयसम्म नबोलि रहन सकिदैन र हार मानेर उनले भने बमोजिम गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार