डराउनु पर्दैन तर सुरक्षाका लागि उपायहरू अपनाउनै पर्छ : डा. बाँस्तोला

सरूवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले कोरोना भाइरस र मौसमी रूघाखोकीको प्रकोपबाट बच्न सबैले समयमै सावधानी अपनाउनु पर्ने बताएका छन् । मंगलबार रिर्पोटस क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनमा डा. बाँस्तोलाले आकोरोना भाइरस र मौसमी रूघाखोकीबाट डराउनु पर्ने अवस्था नभए पनि सुरक्षाका लागि अपनाउनुपर्ने उपायहरू अपनाउनु पर्ने बताए ।

डा. बाँस्तोलले नेपालमा कोरोनाको संक्रमण आजसम्म एक व्यक्तिमा देखिएको र अन्य व्यक्तिमा त्यसको संक्रमण नदेखिएको बताए । मान्छेमा कोरोना लाग्ने बित्तिकै मान्छेको मृत्यु हुन्छ भन्ने भय र त्रास जनमानसमा फैलिएको भन्दै उनले त्यस्तो भ्रमलाई चिर्न आवश्यक भएको बताए ।



टेकु अस्पतालमा अहिले ४० बेड क्वारेन्टाईन बेड र ५ आईसोलेशन बेड बनाइएको र कोरोनाको लक्षण देखिएकाहरूलाई १४ दिनसम्म राखेर उपचार गर्ने व्यवस्था गरिएको डा. बाँस्तोलले बताए । कोरोना भाइरसको संक्रमण हुने व्यक्तिहरूमा सामान्य रूघाखोकीका लक्षण देखिने गरेको भन्दै उनले अहिले कोरोना संक्रमण वृद्ध ब्यक्तिको मृत्युदर बढी भएको बताए ।

यो समय मौसमी रूघाखोकी पनि भएको बताउँदै उनले भने ‘विभिन्न ठाँउमा मौसमी रूघाखोकीको प्रकोप देखिएको छ । मौसमी रूघाखोकीको संक्रमण विशेषगरी बृद्धबृद्धाहरू, बालबालिकाहरू र गर्भवती महिलाहरूमा बढी हुन सक्छ । त्यसैले पनि यी दुइटै रोगबाट बच्नको लागि सबैभन्दा महत्वपूर्ण कुरा साबुन पानीले नियमित रूपमा हात धुन गर्नुपर्छ । रूघाखोकी लागेका व्यक्तिले माक्स लगाउने गर्नु पर्छ र यसका लक्षणहरू देखिएमा चिकित्सको सल्लाह लिनुपर्ने हुन्छ ।’

सम्बन्धित समाचार