बहुप्रतिक्षित फिल्म प्रेम गीत-३ को टिजर सार्वजनिक

यस बर्षको बहुप्रतिक्षित फिल्म प्रेम गीत-३ को टिजर सार्वजनिक भएको छ । यस अघि ‘हर युग होस् प्रेमको गीतको’ लिरिकल भिडियोको लोकप्रियतापछि निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो ।

त्यसैगरी यसअघि सार्वजनिक गरिएको ‘हात्ति ढुङ्गा’मा बोलको गीत युट्युबमा पहिलो नम्बरमा ट्रेन्डिङमा रहेको थियो । यो चलचित्रको छायाँकन राजेश श्रेष्ठले गरेका हुन् । जसमा कल्यान सिंहको सँगीत, कविराज गहतराजको नृत्य रहेको छ । गीतको सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका हुन् ।



चैत २८ गते रिलिज हुने चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रले २ सय वर्ष पुरानो लभस्टोरीमा बनाइएको बताइएको छ ।

यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिब श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्स गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका छ ।

प्रेम गीत-३ को टिजर :

सम्बन्धित समाचार