कोरोनाको संत्रास : तान्जानियाका राष्ट्रपतिले नेतासँग खुट्टा मिलाए (भिडियोसहित)

कोरोनाका संत्रासका कारण तान्जानियाका राष्ट्रपति मागुफुलीले मंगलबार एक नेतासँग हात नमिलाएर खुट्टा मिलाएका छन् । राष्ट्रपति मागुफुलीले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग दार इस सलाममा अवस्थित सरकारी निवासमा खुट्टा मिलाएका हुन् ।

लामो छलफलपछि यी दुई, पत्रकार सम्मेलनका लागि बाहिर निस्किए । एकअकालाई बिदाई गर्ने बेला उनीहरुले हातको साटो खुट्टा मिलाएपछि सबैजना छक्कै परे ।



सरकारी कर्मचारीले एक अर्कालाई भेट्दा मिठो मुस्कानसहित गम्लङ्ग अँगालो हाल्ने चलन छ तर राष्ट्रपति मागुफुलीले भने यस्तो गरेनन् । विश्व स्वास्थ्य संगठनले कसैसँग पनि हात नमिलाउन भनेपछि मानिसहरुले कोरोना भाइरस फैलने डरले एक अर्कालाई अभिवादन गर्न खुट्टा मिलाउन थालेका छन् । यसो गर्न राष्ट्रपति मागुफुली पनि चुकेनन् ।

हामादसँग हात मिलाउनुको साटो राष्ट्रपतिले खुट्टा मिलाए र टाढै बाट दुवै हात हल्लाएर बिदा भए । सोमबार सेनेगललमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको छ । पूरा अफ्रिकाभरी चार संक्रमित भेटिएका छन् । इजिप्ट, अल्जेरिया र नाइजेरियामा पनि कोरोना भाइरसका बिरामी छन् ।

सम्बन्धित समाचार