जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका पहाडी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव स्वरुप आंशिक बदलीसहित हावाहुरी र असिनाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज देशका पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेने जनाएको हो । महाशाखाले देशका पश्चिमि भू-भागका लगायत मध्य र पुर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।
शुक्रबार देशका पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पुर्वका भू-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भू-भागका केहि स्थानहरुमा र मध्य र पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ /हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।
शनिबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्/हावाहुरी/असिना सहित वर्षाको सम्भावना समेत रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।