इजरायलका प्रधानमन्त्रीको आव्हान – अब ‘नमस्ते’ गरौं

विश्वभरमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार भन्दा धेरै भएको छ । कोरोना संक्रमणका कारण इजरायल पनि नराम्रोसँग प्रभावित भएको छ ।

कोरोना संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना देशका नागरिकलाई अपिल गर्दै भेटघाटका क्रममा हात नमिलाउन अपिल गरेका छन् । उनले त्यसको सट्टा नमस्कार गर्न वा अभिवादन गर्न आग्रह गरेका हुन् । हिन्दु सभ्यतामा अभिवादनको क्रममा गरिने नमस्कारको आफ्नै महत्व छ । अब नमस्कारको युग आएको छ भन्दा अत्युक्ति नहोला । पश्चिमी सभ्यता हात मिलाउने र अंकमाल गर्ने संस्कृतिको केही समयको लागि अन्त हुने भएको छ । दुई हात जोडेर गरिने अभिवादन नेपाल भारत लगायका पूर्वीय सभ्यतामा प्रचलित परम्परागत तरिका हो ।



नेतन्याहूले बुधबार भने,‘जसरी म हात मिलाउनबाट बचिरहेको छु तपाई पनि त्यसै गर्नुहोस् । तपाईहरु नमस्ते गर्ने भारतीय तरिकालाई लागू गर्ने कोशिश गर्न सक्नु हुनेछ या सलाम वा अन्य शव्द प्रयोग गर्न सक्नु हुनेछ । या कुनै अन्य तरिका खोज्नुहोस्, तर कुनै पनि प्रकारहले हात नमिलाउनुहोस् ।’

इजरायलमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हजार भन्दा धेरै मानिसमा संक्रमणको आशंका गरिएको छ ।

सम्बन्धित समाचार