बलिवुड अभिनेत्रीहरुका कस्ता कस्ता ट्याटु !

बलिवुड अभिनेत्री कृति सेननले इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै आफुले ट्याटु बनाएको सार्वजनिक गरेकी छिन् । २९ वर्षीय अभिनेत्रीले आफ्नो ट्याटुको एक झलक इन्स्टाग्राममा शेयर गरेकी छिन् । साथै उनले क्याप्सनमा लेखेकी छिन्, ‘केही नयाँ कुराको शुरुवात, इंक्ड’ , शेयर गरिएको तस्वीरमा कृतिले अफ शोल्डर टप लगाएकी छिन् ।

उक्त तस्वीरमा ट्याटुको एक झलक देखिएको छ । यस्तो देखिन्छ कि उनले आफ्नो नामको अंग्रेजी अल्फाबेटको पहिलो अक्षर ‘के’ बनाएकी छिन् तर यो ‘भी’ जस्तो पनि देखिन्छ । बलिवुडमा यस्ता थुप्रै नायिका छन् जसले आफ्नो शरीरको विभिन्न अंगमा ट्याटु बनाएका छन् ।



ब्रह्माण्ड सुन्दरी रहेकी सुष्मिता सेनले थुप्रै ट्याटु बनाएकी छिन् । जुन उनको ब्याकमा, हातमा र नाडीमा रहेको छ । उनले ट्याटुमा लेखेकी छिन्, ‘Aut viam inveniam aut faciam’, जसको मतलब हुन्छ, ‘कि त म बाटो पत्त्ता लगाउँछु कि आफै बनाउँछु ।’

प्रियंका चोपडाले आफ्नो बुबाको यादमा हातमा ट्याटु बनाएकी छिन् । प्रियंकाले ‘ड्याडीज लिटिल गर्ल’ लेखाएकी छिन् । प्रियंकाको ट्याटुले उनलाइ नयाँ शैली दिएको छ तर त्यो भन्दा पनि धेरै उनको बुबा प्रतिको प्रेम दर्शाएको छ ।

दीपिकाले दुइ वटा ट्याटु बनाएकी छिन् । एउटा ट्याटु खुट्टामा र अर्को घाँटीको पछाडी । जब उनी रणबीर कपुरसँगको प्रेम सम्बन्धमा थिइन् उनले रणबीर कपुरको नामको ट्याटु आफ्नो गर्दनको पछाडी बनाएकी थिइन् जसलाई उनले ब्रेकअप पछि हटाएकी थिइन् ।

कंगना रनावतको ट्याटु घाँटीको पछाडी रहेको छ । कंगनाले ट्याटुको मतलब “वारियर एन्जल” बताएकी थिइन् । राखी सावन्त विवादको अर्को नाम हुन् । प्राय उनी कुनै न कुनै विवादमा सहभागी हुन्छिन् । राखीले आफ्नो शरीरमा सबै भन्दा धेरै ट्याटु बनाएकी छिन् । यसमा उनि सबै भन्दा अगाडी छिन् ।

ईशा देओलले आफ्नो ढाडमा गायत्री मन्त्रको ट्याटु बनाएकी छिन् । उनले काँधको पछाडी एकतर्फ ओम पनि बनाएकी छिन् । ईशाको उक्त ट्याटु अहिलेको युवामाझ निकै लोकप्रिय रहेको छ ।

सम्बन्धित समाचार