कोरोनाले जेम्स बण्ड सिरिजको ‘नो टाइम टु डाई’ को रिलिज सर्यो

जेम्स बण्ड सिरिजको नयाँ फिल्मको रिलिज कोरोना भाइरसको सक्रमण बढ्दै गएपछि प्रभावित भएको छ । जेम्स बण्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टु डाई’ अब नोभेम्बरमा रिलिज हुने भएको छ । यस अघि यो फिल्म मार्च ३१ मा रिलिज हुने तय भएको थियो ।

विश्व व्यापी रुपमा कोरोनाको संक्रमण बढ्दै गएपछि फिल्म निर्माण पक्षले रिलिज मिति पछि सारेको हो । फिल्म युकेमा नोभेम्बर १२ मा रिलिज हुने बताइएको छ भने अमेरिकामा नोभेम्बर २५ मा रिलिज हुने जानकारी निर्माण पक्षले दिएको छ ।



डेनियल क्रेग, रामी मालेकम लिया सेयडोउक्स, लाशाना लिन्च, आना डि आर्म्सलगायतका कलाकारले अभिनय गरेको यस फिल्मलाई केरी जोजी फुकुनागाले निर्देशन गरेका छन् ।

२०१५ मा स्पेक्ट्रेको रिलिजको पाँच बर्षपछि जेम्स बण्ड सिरिजको नयाँ फिल्म आउन लागेको हो ।

सम्बन्धित समाचार