ब्राजिलका चर्चित पुर्वफुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् । यात्राका क्रममा नक्कली कागजपत्र बोकेको आरोपमा रोनाल्डिन्होलाई पराग्वेमा पक्राउ गरिएको हो ।
३९ बर्षिय रोनाल्डिन्होलाई उनका भाईसँगै बुधबार राति स्थानीय रिसोर्ट याच एण्ड गल्फ परागुवोबाट हिरासतमा लिइएको बताइएको छ ।
एक क्यासिनो मालिकको निमन्त्रणामा पराग्वे आएका रोनाल्डिन्हो दाजुभाईले पराग्वेको नागरिक भएको पासपोर्ट देखाएर होटलमा बसेको आरोप लगाइएको छ ।
उनीहरुलाई अहिले होटलमै राखिएको र पराग्वेको प्रहरीले आफ्नो तर्फबाट बयान जारी गर्ने बताइएको छ । रोनाल्डिन्होले हाल ब्राजिलियन पासपोर्ट प्रयोग गर्न पाउदैनन् । उनले २०१८ मा वातावारणसम्बन्धि जरिवाना पाएका कारण उनको पासपोर्ट हाल रद्ध रहेको छ ।
ब्राजिललाई २००२ को विश्वकप जिताउन भूमिका खेलेका रोनाल्डिन्होलाई ब्राजिलले गत सेप्टेम्बरमा पर्यटनको दुत समेत बनाएको थियो ।