खगेन्द्रको ‘पानीफोटो’ साउनमा रिलिज हुने

अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म आगामी वर्षको साउन ३० गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दियो ।

टुकी आर्टस् र मञ्जुश्री फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यो फिल्मलाई खगेन्द्र आफैले लेखेका हुन् । नाटक ‘पानीफोटो’ मा आधारित यो फिल्ममार्फत खगेन्द्र ठूलो पर्दाको फिल्मको निर्देशनमा डेब्यु गरेका छन् ।



१५ वर्षअघि बेपत्ता पारिएको छोराको पर्खाइमा रहेको एक परिवारको कथा रहेको यो फिल्मले जनयुद्धको पीडा बोल्छ । फिल्ममा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, कमल देवकोटा लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको छायांकन बर्दिया, रोल्पा, स्याङ्जा लगायतका स्थानमा खिचिएको छ ।

यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको यो फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले निर्माण गरेका हुन् ।

सम्बन्धित समाचार