‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल भ्रमणमा

मिस वर्ल्ड २०१९ टोनी एन सिंह नेपाल भ्रमणमा आएकी छन् । तीन दिने भ्रमणका लागि उनी विहीबार बिहान काठमाडौं आइपुगेकी हुन् ।

मिस वर्ल्ड सिंहको सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको अवलोकन भ्रमणको कार्यतालिका रहेको छ । उनी आज (शुक्रवार) सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन् भने हेलम्बुकै सोस्लिङमा रहेको मिस नेपाल अनुस्काको प्रोजेक्टको समेत अवलोकन गर्ने छिन् ।



त्यस्तै उनले अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकल गर्न मकवानपुर पनि पुग्ने कार्यक्रम रहेको बताइएको छ । उनी हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा नेपाल भ्रमणमा आएकी हुन् ।

सम्बन्धित समाचार