कार्तिक आर्यनले कट्रिनाको खुट्टा छोएर किन माफी मागे ?

बलिवुड अभिनेता कार्तिक आर्यनले अभिनेत्री कट्रिना कैफको खुट्टा छोएर माफी मागेको विषय अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ । आखिर कार्तिकले कट्रिनाको खुट्टा नै छोएर किन माफी मागे त ? हालै मुम्बईमा भएको आइफाको पत्रकार सम्मेलनमा कार्तिकले कट्रिनाको खुट्टा छोएर माफी मागेका हुन् ।

हाल हातमा चोट लागेका कारण घाइते रहेका कार्तिक कार्यक्रममा ढिला पुगेका थिए । ढिला पुगेपछि कट्रिनाले कार्यक्रम शुरु हुनुअघि कार्तिकसँग ढिला आएकोमा माफी माग्न आग्रह गरेकी थिइन् ।



कट्रिनाको आग्रहपछि कार्तिकले कट्रिनाको खुट्टा छोएर माफी मागेका थिए । कार्तिकले खुट्टा छोएर माफी मागेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । यस पटकको २०२० को आइफा अवार्ड भोपालमा हुन गइरहेको छ । यस बर्षको आइफा अवार्ड सलमान खान र रितेश देशमुखले होष्ट गर्दै छन् ।

यस पटकको आइफामा शाहरुख खान, ऋतिक रोशन, ज्याकलिन फर्नानडिस, करीना कपुर, कट्रिना कैफ, कार्तिक आर्यनले परफरमेन्स दिने भएका छन् ।

सम्बन्धित समाचार