यिनै हुन् महान चिनियाँ सैनिक डाक्टर जसले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाइन !

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड-९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ । ८० भन्दा बढी देशमा फैलिएको कोरोनाले विश्वलाई नै आतंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्याक्सिन बनाएको हो । चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो । शेनको टीमले कोरोना विरुद्धको खोपको ‘क्लिनकल एप्लीकेशन’ बनाउन सफलता प्राप्त गरेको हो ।

‘यो महामारीको रोकथाम र नियन्त्रण नभएसम्म कोरोनाको संक्रमण रोकिने छैन्,’ शेनले भनिन्, ‘हामीलाई चाहिएको कुरा के हो भने – वैज्ञानिकहरुको एक शक्तिशाली नेतृत्व प्रणाली ताकि तिनीहरूले विशिष्ट प्रकारका भाइरस र कीटाणुहरूको अध्ययन गर्न र अनुसन्धान गर्न सकून ।’ मेजर जनरल चीनको सबैभन्दा चिनिएको जैव रासायनिक विशेषज्ञ टोली हो । उनीहरुले हुबेई प्रान्तको केन्द्रीय चिनियाँ वुहान सहरमा निमोनियाजस्ता हजारौं मानिसलाई बिरामी पारेको अज्ञात भाइरस बुझ्नको लागि प्रयास गरिरहेका छन् ।



चीनको मिलिट्री मेडिकल साइन्स एकेडेमीलाई खतरनाक भाइरसविरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता मिलेको उदाहरण छ । यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन् । चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आतंक अन्त्य हुनेछ ।

सम्बन्धित समाचार