‘बागी ३’ कोरोना सावित भयो नेपाली फिल्मलाई

नयाँ फिल्म रिलिज हुने शुक्रवार कुनै नेपाली फिल्म रिलिज भएन । यस अगाडि रिलिज भएका ‘आमा’ र ‘सेन्टी भाइरस’ नै हलमा छन् । एकातिर कोरोना भाइरसको त्रासले हलमा दर्शक घट्दै गएकाले पनि नयाँ फिल्म लगाउन निर्माता डराइरहेका छन् । आज नयाँ नेपाली फिल्म रिलिज नहुनुमा कोरोना भाइरस भन्दा पनि भारतीय फिल्म ‘बागी ३’को बढी त्रास देखियो । सेड्युल अनुसार आज ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुनुपर्ने हो ।

तर निर्माण पक्ष बागीको तेस्रो सिक्वेलको प्रभाव देखेर ब्याक भयो । बागी ३ मा टाइगर श्रफ छन् । उनी नेपाली दर्शकमाझ पनि लोकप्रिय नै छैन । यस अगाडि रिलिज भएको बागी २ ले समेत नेपालमा राम्रो ब्यापार गरेको थियो । त्यही देखेर कुनै नयाँ नेपाली फिल्म बागी ३ सँग जुध्ने हिम्मत जुटाउन सकेन । ‘म यस्तो गीत गाउँछु २’मा पल साह, पुजा शर्मा को मुख्य भुमिका छ भने सुर्दशन थापाले फिल्मको निर्देशन गरेका हुन् ।



नयाँ फिल्म रिलिज नभए पनि हलमा २ सातादेखि चलिरहेको ‘आमा’ र ‘सेन्टी भाइरस’ ले आशा गरे अनुसारको व्यापारमा गति लिन सकेका भने छैनन् ।

सम्बन्धित समाचार