कोरोना कहरः सर्‍यो आइफा अवार्ड

चीनबाट शुरु भई विश्वभर प्रभाव पारेको कोरोना भाइरसका कारण भारतमा हुने भनिएको आइफा अवार्डको निर्धारित कार्यक्रम स्थगित भएको छ । बलिउडमा पनि कोरोना भाइरसको प्रभाव परेको छ । कैयन् फिल्म प्रोजेक्ट स्थगित गरिएका छन् भने फिल्मले पनि राम्रो व्यापार गर्न सकेका छैनन् ।

यता २१ मार्चबाट हुने भनिएको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड सो मितिमा नहुने भएको छ । अब अवार्ड कहिले गर्ने भन्ने मिति अझै तय भएको छैन ।



आइफाले एक विज्ञप्ति जारी गर्दै अवार्ड तत्काल स्थगित गरिएको र छिट्टै नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ । आइफा अवार्डका लागि भोपालमा केही समयदेखि तयारी चलेको थियो । कलाकारले पनि यो अवार्डका लागि तयारी गरेका थिए ।

आइफामा नोमिनेट फिल्मको पनि घोषणा गरिसकिएको छ । आइफामार्फत यसपटक मध्य प्रदेशको कला संस्कृतिलाई अन्तरराष्ट्रिय स्त।मा पुर्‍याउने लक्ष्य लिइएको छ ।

यो अवार्ड पहिले नेपालमा गर्ने भनिएको थियो । तर, नेपालमा व्यापक विरोध भएपछि अवार्ड स्थगित भएको थियो । त्यसपछि समारोह भारतमै हुने आइफाले जनाएको थियो ।

सम्बन्धित समाचार