पूर्व श्रीमतीको पीडा भुलाउन उनीजस्तै यौन खेलौना बनाइदिन अनुरोध

आफुलाई छोडेर जाने श्रीमतीको पीडा भुलाउन एक व्यक्तिले खेलौना बनाउने कम्पनीलाई यौन खेलौना बनाउन अनुरोध गरेका छन् । ३५ वर्ष एकसाथ बिताएकी श्रीमतीले चटक्क छाडेर गएपछि विक्षिप्त भएका जापानका एक श्रीमानले आफ्नी श्रीमतीजस्तै देखिने यौन खेलौना निर्माण गरिदिन अनुरोध गरेका हुन् ।

आफूले अति माया गर्ने श्रीमती आफूसँग अलग भएपछि ५० वर्षीय ती पुरुषले अहिले विभिन्न यौन खेलौना बनाउने कम्पनीहरूलाई आफ्नी श्रीमतीजस्तै यौन खेलौना बनाउन अनुरोध गरेका हुन् ।



उनले आफूसँग पूर्वश्रीमतीका प्रशस्त तस्बिर भएका कारण सोहीअनुसार खेलौना बनाउन अनुरोध गरेका छन् । शरीरका अंग जे–जस्तो भए पनि अनुहार र कपालचाहिँ मिल्नुपर्ने उनको आग्रह छ । आफूसँग प्रशस्त पैसा भए पनि कुनै युवतीसँग विवाह गरे उनले आफ्नो सम्पत्तिमा मात्र आँखा लगाउने हुनाले पनि उनले यौन खेलौनाको माग गरेको बताएका छन् ।

पूर्व श्रीमतीको प्रेम भुल्न नसकेका कारण तथा बाँकी समय पनि उनकै साथमा बिताएको अनुभूति गर्न आफूले यो प्रस्ताव राखेको ती पुरुषको तर्क छ ।

सम्बन्धित समाचार